काठमाडौं । सहिद सप्ताहको अवसरमा सहिद स्मारक पार्क तथा अन्य ऐतिहासिक स्थलहरूमा ज्ञात-अज्ञात सहिदहरूको स्मृति सभा सम्पन्न भएको छ। वि.सं. २०१२ देखि महानगरको संयोजकत्वमा गठित समितिले प्रत्येक वर्ष सहिद सप्ताहका कार्यक्रमहरू आयोजना गर्दै आएको छ।
यस वर्ष माघ १० गतेदेखि सहिद सप्ताह आरम्भ भएको थियो। कार्यक्रमको पहिलो दिन शुक्रराज शास्त्रीको सहादत स्थल टेकु मचलीमा, दोस्रो दिन धर्मभक्त माथेमालाई मृत्युदण्ड दिइएको स्थान सिफल उकालोमा, तथा तेस्रो दिन गंगालाल श्रेष्ठ र दशरथ चन्दको बलिदान स्थल विष्णुमती नदी किनारा, शोभा भगवतीमा विशेष स्मरण कार्यक्रम सम्पन्न गरियो। सहिदहरूको सालिकमा पुष्पगुच्छा अर्पण गर्दै श्रद्धाञ्जली प्रदान गरिएको थियो।
महानगरपालिकाको पहलमा सहिदहरूको सम्मान
महानगरपालिकाले सहिदहरूको योगदानलाई सम्मान गर्दै २०७५ सालमा शुक्रराज शास्त्रीको पूर्णकदको सालिक, तथा २०७६ सालमा धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दको सालिक स्थापना गरेको थियो। सहिद सप्ताहकै अवसरमा यी सालिकहरूमा विशेष माल्यार्पण कार्यक्रम आयोजना गरिएको थियो।
कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरू, सहिद परिवारका सदस्यहरू, सामाजिक अभियन्ता, विद्यार्थी तथा स्थानीयबासीको उपस्थिति रहेको थियो। सहभागीहरूले सहिदहरूको बलिदान राष्ट्रनिर्माणका लागि प्रेरणादायी रहेको उल्लेख गर्दै लोकतन्त्र, स्वाधीनता, र समानताको मूल्यमान्यतामा आधारित समाज निर्माणका लागि सहिदहरूको सपना पूरा गर्नुपर्ने धारणा राखेका थिए।
सहिद सप्ताहभरि अन्य विभिन्न कार्यक्रमहरू आयोजना गरिने जनाइएको छ, जसमा सहिद स्मरण गोष्ठी, विद्यार्थी वक्तृत्वकला प्रतियोगिता, र सहिद पार्कमा वृक्षारोपण कार्यक्रम पनि समावेश छन्।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता