अामा दर्शन न्यूज – २०७९ साउन
पाकिस्तानको पूर्वप्रधानमन्त्री इमरान खानको समर्थनमा सन् २०२३ मा देशव्यापी रुपमा गरिएको विरोध प्रदर्शनको अभियोगमा विपक्षी नेतासहित १०० जनाभन्दा बढीलाई दोषी ठहर गरिएको छ।
इमरान खान नेतृत्वको पाकिस्तान तेहरीक–ए–इन्साफ (पिटिआई) पार्टीद्वारा बिहीबार जारी विज्ञप्तिमा छ जना संघीय सांसद, एक जना सिनेटर र एक जना प्रान्तीय सांसदसहित १० वर्षको जेल सजाय सुनाइएको उल्लेख गरिएको छ।
दोषी ठहरिएकामध्ये प्रदर्शनमा सक्रिय सहभागिता नजनाएका विपक्षी दलका प्रमुख नेता तथा राष्ट्रिय सभाका विपक्षी नेता ओमार अयुब खानसमेत परेका छन्। उनलाई फैसलाबादस्थित आतंकवादविरोधी अदालतले हिंसा उक्साएको, दङ्गा भड्काएको र आगजनीको षड्यन्त्र गरेको अभियोगमा दोषी ठहर गर्दै १० वर्षको जेल सजाय सुनाएको हो।
पिटिआईले भने उक्त फैसला राजनीतिक प्रतिशोधको हिस्सा भएको दाबी गरेको छ। इमरान खानको रिहाइको माग गर्दै गरिएको शान्तिपूर्ण आन्दोलनलाई दमन गर्ने उद्देश्यले आफ्ना नेता तथा समर्थकलाई कारवाही गरिएको आरोप लगाइएको छ।
इमरान खान सन् २०२३ मा पक्राउ परेपछि देशभर विरोध प्रदर्शन चर्किएको थियो। यतिबेला उनी जेलमै रहेका छन् भने उनका समर्थकहरूमाथि कडा दमन जारी रहेको पिटिआईको भनाइ छ। पार्टीले अन्तर्राष्ट्रिय समुदायलाई पाकिस्तानमा भइरहेको मानवअधिकार उल्लंघनप्रति गम्भीर ध्यान दिन आग्रहसमेत गरेको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
राजनीति पोस्ट / आमा दर्शन समाचार