पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमण सकेर स्वदेश फिर्ता



काठमाडौं । पूर्वराष्ट्रपति तथा नेकपा एमाले नेतृ विद्यादेवी भण्डारी चीनको स्योङआनमा आयोजित ‘ग्लोबल गभर्नेन्स फोरम’मा सहभागी भएर आज स्वदेश फर्किएकी छन्।


अक्टोबर २३ देखि २५ सम्म आयोजित सम्मेलनमा उनले विशिष्ट अतिथिका रूपमा सम्बोधन गरेकी थिइन्। सम्मेलनमा विश्व शान्ति, अन्तर्राष्ट्रिय सहकार्य, जलवायु परिवर्तन, हरित अर्थतन्त्र, कृत्रिम बौद्धिकता तथा विश्वव्यापी शासन प्रणालीका विषयमा छलफल भएको थियो।


📌 समाचारका लागि आमा दर्शन न्युजलाई फलो गर्नुहोस्।


#विद्यादेवीभण्डारी #चीनभ्रमण #GlobalGovernanceForum #AamaDarshanNews #BreakingNew

प्रतिक्रिया