— Aama Darshan News | बिरगञ्ज
बिरगञ्ज, पर्सा — सामाजिक न्याय र महिला अधिकारका पक्षमा दृढ आवाज उठाउँदै आएकी सामाजिक अभियन्ता प्रिशा शाहको आत्महत्याले पुरै समाजलाई गहिरो चोट पुर्याएको छ। केही वर्षअघि प्रकृति लम्सालको लागि न्यायको माग गर्दै शान्तिपूर्ण प्रदर्शनको अग्रपङ्क्तिमा उभिएकी शाहको आज भएको निधनले आम नागरिक, अभियन्ता र मानवअधिकारकर्मीहरूलाई गहिरो सोचमा डुबाएको छ।
प्रिशा शाह महिला हिंसा, लैंगिक विभेद र सामाजिक अन्यायविरुद्ध निरन्तर आवाज उठाउँदै आएकी एक प्रेरणादायी युवा थिइन्। सामाजिक सञ्जाल र सडक आन्दोलनमार्फत उनले न्यायका सवालमा अनेक चुनौतीहरू सामना गरेकी थिइन्।
तर, न्यायका लागि लडिरहेकी यस्तै एउटा साहसी आवाजको यो अन्त्यले समाजभित्रका मानसिक तनाव, उपेक्षा र संवेदनशीलतामाथि पनि गम्भीर प्रश्न उठाएको छ।
घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ। प्रारम्भिक जानकारी अनुसार शाह केही समयदेखि मानसिक तनावमा थिइन् भने उनका निकट व्यक्तिहरूले सहयोग र सम्बोधनको प्रयत्न गरिरहे पनि त्यो पर्याप्त हुन नसकेको आशंका गरिएको छ।
उनको आत्महत्याको खबर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा “#JusticeForPrisha” ट्रेन्ड हुन थालेको छ भने धेरैले राज्य र समाजलाई मानसिक स्वास्थ्य, महिला सुरक्षा र न्यायका सवालमा अझ जिम्मेवार हुन आग्रह गरिरहेका छन्।
Aama Darshan News परिवार प्रिशा शाहप्रति गहिरो श्रद्धाञ्जली अर्पण गर्दछ र शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दछ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता