अामा दर्शन न्युज |
काठमाडौं – कुख्यात गुन्डा नाइके चक्रे गुरुङ (चक्रे मिलन) पक्राउ परेका छन्। उनलाई काठमाडौंको प्रमुख पर्यटकीय क्षेत्र ठमेलबाट बिहीबार राति पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
प्रहरीका अनुसार, चक्रे मिलन आफ्नो जन्मदिनको अवसरमा आयोजना गरिएको ‘बर्थडे पार्टी’मा सहभागी रहेका बेला उनी पक्राउ परेका हुन्। सो पार्टीमा विभिन्न आपराधिक क्रियाकलापमा संलग्न तथा विगतमा गुन्डागर्दीमा जोडिएका व्यक्तिहरूको पनि उपस्थिति रहेको सूचना पाएपछि प्रहरीले अप्रेसन सञ्चालन गरेको थियो।
उक्त अप्रेसनमा चक्रे मिलनसहित ४७ जनालाई पक्राउ गरिएको छ। प्रहरीले उनीहरूको विस्तृत विवरण संकलन गरिरहेको छ र कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ।
प्रहरी स्रोतका अनुसार ठमेल क्षेत्रमा पछिल्लो समय आपराधिक गतिविधि बढ्दै गएको सूचनाका आधारमा निगरानी तीव्र पारिएको थियो। यही क्रममा चक्रे मिलनको गतिविधिमा समेत निगरानी राखिएको र सही समयको पर्खाइपछि अप्रेसन गरिएको जनाइएको छ।
यसअघि पनि चक्रे मिलनमाथि विभिन्न आपराधिक आरोपहरू लाग्दै आएका थिए भने उनी लामो समयदेखि प्रहरीको निगरानीमा थिए।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सन्चारकर्मी सुर्य राय