वासिङ्टन डीसी, – सामाजिक सञ्जाल कम्पनी मेटा (फेसबुक) र पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको कानुनी विवाद सम्झौतामा टुंगिएको छ।
६ जनवरी २०२१ मा अमेरिकी संसद् भवन (क्यापिटल हिल) मा भएको हिंसात्मक घटनापछि फेसबुकले ट्रम्पको खाता निलम्बन गरेको थियो। यस कदमलाई गलत भन्दै ट्रम्पले मेटाविरुद्ध मुद्दा दायर गरेका थिए।
ताजा जानकारीअनुसार, मेटाले २२ मिलियन डलर ट्रम्पको राष्ट्रपति पुस्तकालयलाई अनुदान दिने र तीन मिलियन डलर कानुनी शुल्क तिर्ने सहमति जनाएको छ।
यस सम्झौतासँगै मेटा र ट्रम्पबीचको कानुनी विवाद टुंगिएको छ। मेटाले ट्रम्पको फेसबुक र इन्स्टाग्राम खाता २०२३ मा पुनःस्थापना गरिसकेको छ।
१७ माघ २०८१, बिहिबार ०४:३५ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
राजनीति पोस्ट / आमा दर्शन समाचार