एकता एकेडेमी स्कूलको १९औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

ललितपुर, थेचो – एकता एकेडेमी स्कूल, थेचो, ललितपुरले आफ्नो १९औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न गरेको छ। विद्यालयको प्रांगणमा आयोजित उक्त कार्यक्रममा संघीय सांसद एकनाथ ढकाल प्रमुख अतिथि रहेका थिए भने कार्यक्रमको अध्यक्षता हालै नियुक्त प्रधानाध्यापक इन्दिरा सापकोटाले गरिन्।



कार्यक्रममा UPF International Chapter का अध्यक्ष सन्तोष पौडेल, FFWPU Nepal का अध्यक्ष तथा विद्यालयका नब नियुक्त  अध्यक्ष प्रकाश बाबु थापा, YSP Nepal की अध्यक्ष कामना भुसाल, Shangrila School का प्रिन्सिपल दीपक महर्जन, Aama Darshan News का  अध्यक्ष सूर्य राय, तथा FFWPU Nepal का सामाजिक कार्यकर्ताहरू डुन्डीराम खनाल, येनुका पौडेल, शान्ति अधिकारी, केदार बजगाईं, सन्तोष बजगाईं लगायतको उपस्थिति रहेको थियो।


कार्यक्रममा विद्यालयका विद्यार्थीहरूले नृत्य, गायन, तथा अन्य सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए। प्रमुख अतिथि सांसद एकनाथ ढकालले आफ्नो सम्बोधनमा विद्यार्थीहरूलाई मेहनत, अनुशासन, र इमान्दारीताका साथ अघि बढ्न प्रेरित गर्दै शिक्षा क्षेत्रको विकासमा सरकारको प्रतिबद्धता दोहोर्याए। विद्यालयका  अध्यक्ष प्रकाश बाबु थापाले विद्यालयले हालसम्म हासिल गरेका उपलब्धिहरूको चर्चा गर्दै आगामी वर्षहरूमा अझ गुणस्तरीय शिक्षामा ध्यान दिने प्रतिबद्धता व्यक्त गरे।

विद्यालयका प्रधानाध्यापक इन्दिरा सापकोटाले शिक्षाको गुणस्तर वृद्धि, विद्यार्थीहरूको समग्र विकास, र विद्यालयको भौतिक तथा शैक्षिक सुधारका लागि निरन्तर प्रयास गरिने बताइन्।

ललितपुर क्षेत्रकै प्रतिष्ठित शैक्षिक संस्थामध्ये एक मानिने एकता एकेडेमी स्कूलले विगत १९ वर्षदेखि विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा, नैतिकता, र अनुशासनयुक्त वातावरण प्रदान गर्दै आइरहेको छ।


आमा दर्शन न्यूज | ललितपुर

प्रतिक्रिया