कीर्तिपुरको ऐतिहासिक उमामहेश्वर मन्दिर र त्यहाँ रहेको ऐतिहासिक घण्टाको वर्तमान अवस्था चिन्ताजनक देखिएको छ। सिद्धिनरसिंह मल्लको पालामा निर्माण भएको यो मन्दिरले भूकम्प, हुरीबतास र विभिन्न प्राकृतिक विपत्तिहरू सामना गर्दै शताब्दीयौँको इतिहास बोकेको छ।
वि.सं. १९९० सालको भूकम्पपछि घण्टाघरबाट ल्याइएको दुर्लभ ऐतिहासिक घण्ट पनि यस सम्पदाको महत्वपूर्ण हिस्सा हो। समयको सूचना दिने, जनचेतना फैलाउने तथा वि.सं. २०४६ सालको जनआन्दोलनमा समेत खबरदारीको माध्यम बनेको यो घण्ट केवल धातुको वस्तु नभई हाम्रो इतिहास र पहिचानको प्रतीक हो।
तर आज फुटेको घण्ट र त्यसको अव्यवस्थित अवस्थाले सम्पदा संरक्षणप्रति हाम्रो जिम्मेवारीमाथि प्रश्न उठाएको छ। सम्पदा केवल हेर्ने वस्तु होइन, भावी पुस्तालाई हस्तान्तरण गर्नुपर्ने अमूल्य धरोहर पनि हो।
सम्बन्धित निकाय, स्थानीय सरकार, सम्पदा संरक्षणकर्मी तथा सरोकारवालाहरूको ध्यानाकर्षण होस्। कीर्तिपुरको गौरव र इतिहास जोगाउन समयमै उचित संरक्षण तथा पुनर्स्थापना आवश्यक छ।
— सूर्य राय/ आमा दर्शन न्युज
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता