कीर्तिपुर अस्पताल र डा. किरण किशोर नकर्मी

कीर्तिपुर अस्पताल  र डा. किरण किशोर नकर्मी

डा. किरण किशोर नकर्मी : सेवा, सीप र समर्पणको जीवनीबाट कीर्तिपुर अस्पताललाई बुझ्दा यो एक पवित्र तीर्थस्थल हो । यहाँ पीडामा समर्पित सेवाहरू कष्ट कम गर्न उपचार दिन अब्बलता दिनुहुने विशेषज्ञहरू कार्यरत हुनुहुन्छ । उहाँहरूको सेवामाथि शंका गर्नु शायदै हामीमा सोचिए शक्ति कम नै छन भन्नू हो । कीर्तिपुरको माटोमा कीर्तिपुर अस्पताल जन्म हुनु भनेको आम कीर्तिपुरबासीकै पुण्यताको प्रतिफल हो । हामी सदा त्यसको कृतज्ञतामा समर्पित हुन सक्नुपर्छ । संरक्षणमा आम कीर्तिपुरबासी लागी पर्नुपर्छ । र वास्तविकता बुझ्न सदा तत्पर रहनुपर्छ । 

कीर्तिपुर अर्थात नेपालको स्वास्थ्य क्षेत्रमा केही यस्ता चिकित्सक छन्, जसले आफ्नो ज्ञानलाई केवल पेशा होइन, मानव सेवाको माध्यम बनाएका छन्। त्यस्ता व्यक्तित्वमध्ये डा. किरण किशोर नकर्मी एक सम्मानित नाम हुनुहुन्छ। उहाँ बर्न (जलन), प्लास्टिक तथा पुनर्निर्माण शल्यचिकित्साका वरिष्ठ विशेषज्ञ हुनुहुन्छ, जसले हजारौँ बिरामीको जीवनमा नयाँ आशा र नयाँ मुस्कान फर्काउन महत्वपूर्ण योगदान दिनुभएको छ।

हाल उहाँ कीर्तिपुर अस्पतालको बर्न, प्लास्टिक तथा पुनर्निर्माण शल्यचिकित्सा विभागका विभागीय प्रमुख (Head of Department) तथा वरिष्ठ परामर्शदाता (Senior Consultant) का रूपमा कार्यरत हुनुहुन्छ। उहाँले सामान्य शल्यचिकित्सामा एमएस, प्लास्टिक सर्जरीमा एमसीएच तथा ह्यान्ड एण्ड माइक्रोसर्जरीमा अन्तर्राष्ट्रिय फेलोसिप हासिल गरी आफ्नो विशेषज्ञतालाई अझ उच्च स्तरमा पुर्‍याउनुभएको छ। साथै उहाँ राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (NAMS) मा प्लास्टिक सर्जरीका सह–प्राध्यापकका रूपमा भावी चिकित्सकहरूलाई पनि मार्गदर्शन गरिरहनुभएको छ।

डा. नकर्मीको चिकित्सा यात्रा केवल अस्पतालको शल्यकक्षमा सीमित छैन। उहाँ नेपालभरि सञ्चालन हुने निःशुल्क शल्यचिकित्सा शिविर, दुर्गम क्षेत्रका स्वास्थ्य सेवा तथा अन्तर्राष्ट्रिय मानवीय अभियानमा सक्रिय रहँदै आउनुभएको छ। अनुसन्धानका क्षेत्रमा पनि उहाँको योगदान उल्लेखनीय छ। बर्न उपचार, ह्यान्ड सर्जरी, माइक्रोसर्जरी तथा पुनर्निर्माण शल्यचिकित्सासम्बन्धी दर्जनौँ वैज्ञानिक अनुसन्धान तथा लेख राष्ट्रिय र अन्तर्राष्ट्रिय जर्नलहरूमा प्रकाशित भएका छन्। चिकित्सा सेवा र अनुसन्धानलाई सँगसँगै अगाडि बढाउने उहाँको दृष्टिकोणले नेपालको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएको छ।

उहाँ नेपाल बर्न फाउन्डेसनका संस्थापक आजीवन सदस्य तथा पूर्व महासचिव पनि रहनुभएको छ। बर्न रोकथाम, समयमै प्राथमिक उपचार र जनचेतना अभिवृद्धिका क्षेत्रमा उहाँ निरन्तर सक्रिय रहनुभएको छ। उहाँको विश्वास छ— समयमै सही उपचार र जनचेतनाले हजारौँ जीवन बचाउन सक्छ।

डा. किरण किशोर नकर्मीको जीवनले एउटा सन्देश दिन्छ— साँचो चिकित्सक केवल रोग निको पार्ने व्यक्ति होइन; उसले पीडा कम गर्छ, आत्मविश्वास फर्काउँछ र जीवनलाई पुनः उज्यालो बनाउँछ। आफ्नो ज्ञान, सीप र करुणालाई मानव सेवामा समर्पित गर्दै उहाँ आज पनि नेपाली स्वास्थ्य सेवाको प्रेरणादायी व्यक्तित्वका रूपमा निरन्तर अघि बढिरहनुभएको छ।

अन्तमा, डा. नकर्मी विभागीय प्रमुख २०१७-२०२४ हुनुहुन्थ्यो भने  हाल अस्पताल निर्देशक बनी कार्यरत हुनुहुन्छ । उहाँलाई वरिष्ठ विशेषज्ञको रुपमा नमन गर्न सकिन्छ । ह्याण्ड एण्ड माइक्रोसर्जरीमा अमेरिकाबाट र प्लाष्टिक सर्जरीमा एक बर्षे फेलोशीप ट्रेनिङ्द्वारा आफूलाई सुसज्जित गर्नुभएको छ प्लाष्टिक सर्जरीमा एक बर्षे फेलोशीप ट्रेनिङ् अष्ट्रेलियाबाट लिनु अझ अझ धेरै अझ त्यसमा सेवा दिन तयार छु भन्ने जस्ता कुरा स्पष्ट हुन आउँछ । साथै चीन, भारत, जर्मनी र बेलायतमा फेलोशीप ट्रेनिङ्द्वारा अझ जनता सेवाद्वारा मन मन छिर्नमा योग्य छु, हुन्छु प्रमाणित गर्नुभएको छ । कीर्तिपुर पृष्ठभुमिमा डा. किरण किशोर नकर्मी हुनु भनेको अझ यहाँको माटो पवित्र छ शुद्ध छ प्रमाणित हुनु हो ।

ReSurge International Surgical Outreach Program को निर्देशक २००६-२०१८, त्यस यता सल्लाहकार बनी सेवामा निरन्तरता दिइरहनु भएको छ । यसले भगवानको रुप कस्तो हुनुपर्छ भन्ने वर्णन आवश्यक छैन भने कीर्तिपुर अस्पताल सरकारी नभए पनि सेवा-भावनाको विश्लेषण गर्ने हो भने कीर्तिपुर अस्पताल विश्वमै संरक्षण गर्नुपर्ने मध्येको एक पर्छ ।

सन् २०१४ र २०१८ मा नेपालमै पहिलो र दोस्रो अन्तर्राष्ट्रिय वृहद प्लाष्टिक सर्जरी सम्मेलन आयोजनामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै थप आफ्नो दक्षता प्रज्वलित पार्नुभएको छ ।  सन् २०१८ देखि नेपालको एक मात्र ह्याण्ड एण्ड माइक्रोसर्जरी फेलोशीप शुरू गरेर त्यस बापत  हालसम्म चार जना विशेषज्ञ उत्पादन हुनुलाई हृदय खोलेर धन्यवाद तदर्पण गर्दा पनि नपुग नै हुनेछ । नेपाल जलन फाउन्डेसनको गत एक बर्षे देखि डा. किरण किशोर नकर्मी कार्यवाहक अध्यक्ष हुनुहुन्छ । उहाँको कार्यकाल सदा सफल र उच्च रहिरहोस् कामना पनि छ ।  डाक्टरहरूको सेवा भावलाई मनन गर्ने हो भने कीर्तिपुर अस्पताल मन्दिरभन्दा पवित्र तीर्थस्थल हो । यहाँ आम्दानी होइन सेवा दिइन्छ । 

प्रतिक्रिया