गजल
आउँछन् चोटहरू छाती कुल्चिएर जान्छन्
अचेल मेरा रातहरू भक्कानिएर जान्छन्
यात्रामा बेला बेला काँडा बन्न सिक्नुस्
गुलाब हरू त यसै पनि चुडिएर जान्छन्
यसर्थ पनि भरिने चाहत कदापि भएन
कतिपय बस्तुहरू पोखिएर जान्छन्
सायद जिन्दगी भन्नु एउटा भ्रम नै त होला
अरूको खातीर दाउराहरू सकिएर जान्छन्
@ सुजन खनाल
३२ बैशाख २०८१, मङ्गलबार ०७:४८ मा प्रकाशित