सिन्धुली — अविरल वर्षाका कारण सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिका–६ कानढुङ्ग्रेस्थित बि.पी. राजमार्गमा ठूलो पहिरो खसेको छ। पहिरोका कारण सडकखण्ड पूर्ण रूपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
सडक अवरुद्ध भएपछि दुबै तर्फका सवारीसाधन रोकिन पुगेका छन्। प्रहरीले सडक सफा गर्ने कार्य जारी रहेको र पहिरो पन्छाएपछि मात्रै आवागमन सुचारु हुने बताएको छ।
निरन्तरको वर्षाका कारण थप पहिरोको जोखिम कायम रहेकाले यात्रु र चालकहरूलाई अत्यावश्यकबाहेक सडक प्रयोग नगर्न आग्रह गरिएको छ।
१८ असोज २०८२, शनिवार ०२:३५ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सन्चारकर्मी सुर्य राय