उज्जल महर्जन सामाजिक उत्तरदायित्व, संस्कृतिको संरक्षक र मानवीय सेवाको प्रतीक हुन् । आशापूर्ण भविष्यको रुपमा परिचित उहाँ कीर्तिपुर नगरपालिका–६, टकर्चा, जलविनायक, चोभारका स्थायी बासिन्दा हुन् । विगत १५ वर्षदेखि समाजसेवा, सांस्कृतिक जागरण र रक्तदान अभियानमा क्रियाशील एक प्रतिबद्ध अभियन्ता हुन् ।
आमा श्रीमती बेलीमाया महर्जन ज्युको कोखबाट बुबा श्री बाबुसाहेब महर्जनको आँगनमा बंशको रुपमा
वि.सं. २०४५ सालको श्रावण १५ गते उहाँको जन्म भएको थियो । दिदी उजेली महर्जनकी प्यारो भाइको रुपमा समाजमा परिचिति हुनुहुन्छ । जीवनको आधा हिस्साको रुपमा उहाँले श्रीमतीः नबिना महर्जन ज्युको साथलाई शिरोपर गर्नुभएको छ । आफ्ना प्रेमको निशानी स्वरुप दुई छोराहरुः उदेन महर्जन र उदान महर्जन ज्यहरुको आगमनले घरआँगन सम्पन्नतामा रुपान्तरित छ ।
उहाँले औपचारिक शिक्षा वाणिज्य संकाय स्नातकले आफुलाई शुशोभित गर्नु भएको छ । पेशाले जागिरे भएपनि उनको जीवनको असली परिचय एक समर्पित समाजसेवी र सांस्कृतिक अभियन्ताको रूपमा स्थापित गराउनु रहेको छ । विगतमा ५ वर्षसम्म पत्रकारिता क्षेत्रमा क्रियाशील भई मञ्जुश्री पार्कमा लोकल टुर गाइडको भूमीका निभाउँदै २० वर्षदेखि ग्राफिक्स डिजाइनरका रूपमा सेवा दिइरहनु भएको छ ।
आफ्नो दायित्व र कर्तव्यलाई पूर्णरुपमा निर्वाह गर्न उहाँ विभिन्न संघसंस्थाहरुमा आबद्ध हुनुहुन्छ ।
ड्ड ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान)को कीर्तिपुर नगर समिति संस्थापक अध्यक्ष ।
ड्ड उद्योग वाणिज्य महासंघ बागमती प्रदेश – सामाजिक विकास समितिको सह–संयोजक ।
ड्ड नेवाः देय् दबु– स्वनिग विशेष प्रदेश समितिको सदस्य ।
ड्ड नागरिक सरोकार केन्द्र, बुद्ध जयन्ती समारोह समिति, विपद् व्यवस्थापन समिति लगायत थुप्रै संस्थामा संलग्नता ।
ड्ड नेपाल रेडक्रस सोसाइटी–कीर्तिपुर उपशाखाका आजीवन सदस्य ।
ड्ड ब्लोदान काठमाडौं दक्षिण पश्चिम क्षेत्रका संस्थापक सचिव र उपाध्यक्ष
कोभिड हेल्प डेस्क र आपतकालीन व्यवस्थापन परियोजनामा संयोजक बनी रक्तदाताबाट अभियानकर्ता कोभिड–१९ को कठिन समयमा आफ्नो टोलीमार्फत घर–घरमा रक्तदान शिविर सञ्चालन गरी रगत अभाव हुन नदिने कार्य गर्नुभएको थियो । “रक्तदान जीवनदान” नामक लघु चलचित्र निर्माण गरी जनचेतना फैलाउने कार्य लगायत रक्त व्यवस्थापनमा उनको समर्पणले उनलाई “मानवता र सेवाको प्रतिनिधि” को रुपमा परिचित गराएको छ ।
जनताको आवश्यकता र भावना बुझी, निष्पक्ष र स्वार्थरहित सेवा गर्नुलाई रजनीति बुझ्नुहुन्छ । उहाँले सहज वातावरणमा प्राप्त गर्न पाईने र निःशुल्क तवरले रगतको पहुँच हुनुपर्ने सेवालाई स्वास्थ्य बुझ्नुहुन्छ भने मठमन्दिर, जात्रा, लिपि, बाजा संरक्षणसँगै त्यसको प्रवद्र्धन हुनुलाई सँस्कृति मान्नुहुन्छ । समाजमा हरहमेशा युवापुस्तालाई सामाजिक क्षेत्रमा सक्रिय बनाउने लक्ष्य लिनुभएको छ ।
निष्कर्ष
उज्जल महर्जन नेपाली सांस्कृतिक धरोहरको संरक्षणमा पनि उत्तिकै सक्रिय छन् । नेपाल लिपि गुथिबाट तालिम लिई बागलुङ, फर्पिङ्ग, दक्षिणकाली लगायतका ठाउँमा लिपि र धिमे बाजा प्रशिक्षक (गुरु) का रूपमा सेवा दिई आफ्नो ओज बढाउनमा सक्रिय परिचय आवश्यक नभएको सेवाको प्रतिमूर्तिको रुपमा स्थापित हुनुहुन्छ । उहाँले चोभार जात्रा व्यवस्थापन समितिको सचिवका रूपमा ६ वर्ष कार्यकाल पनि पूरा गर्नु भएको छ । कीर्तिपुर सांस्कृतिक संरक्षित क्षेत्र कार्यदलको सदस्य हुँदै लोपोन्मुख काहाः बाजाको पुनर्जागरणमा सक्रिय बनेको उदाहरण सबैलाई सुनाउन मिल्ने प्रेरणादायि कथा भन्दा पनि खासै फरक अर्थ प्रतिपादन हुन्छ जस्तो लाग्दैन् । युवाहरुले दिनानुदिन देशको परित्याग जस्तै गरि बृद्धाश्रममा रुपान्तरित बर्तमान अवस्थामा पनि आफु समाजकै लागि समर्पित हुनुपर्छ सोचेर समाजकै कोशेढुङ्गा बनीरहनु कम चर्चाको विषय होईन् । युवाका यस्ता सोच र विचारलाई समाजले मलजल गरेर हुर्काउनुपर्छ । उहाँले युवापुस्तालाई संस्कृतिप्रति सचेत गराउँदै पुस्तान्तरणमा सेतुको काम गरिरहेका छन् । यो तारिफयोग्य अहम् होईन् गर्व हुन् समाजले बुझ्नुपर्दछ ।
उज्जल महर्जन, एक यस्तो नाम हो, जसले निःस्वार्थ सेवाभाव, सांस्कृतिक चेतना र मानवीय संवेदनाको उदाहरण पेश गरेका छन् । उनी जस्ता व्यक्तिहरू नै समाजको मेरुदण्ड हुन्, जसले नतिजा माग्दैनन्, योगदान दिन्छन् । आजको पुस्ताले उनीबाट प्रेरणा लिन सक्नु पर्दछ ।
सम्पर्क ठेगाना
उज्जल महर्जन
टकर्चा, जलविनायक, चोभार, कीर्तिपुर–६
फोन नम्बर ः९८०३३६६४२८
इमेल: ujjalmaharjan11@gnail.com
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
संवाददाता:- प्रशान्त महासागर