मराङको लोघेकर गुम्बाको पुनःनिर्माण सकियो ,छुसाङमा पनि गुम्बा पूर्ननिर्माण हुँने

जोमसोम—आठौं शताब्दीको विश्वकै पहिलो र पुरानो दावी गरिएको ऐतिहाँसिक तथा धार्मिक सम्पदाले महत्वपूर्ण लोघेकर दामोदरकुण्ड—१ मराङमा अवस्थित लोघेकर (घर)गुम्बाको पुननिर्माण कार्य सम्पन्न भएको छ ।उक्त ऐतिहाँसिक तथा धार्मिक महत्वको गुम्बा २०७२ सालको महाभुकम्पले क्षति तुल्याएपछि ३ वर्षअघि पूननिर्माणकार्य सुरु गरिएको थियो ।

 अमेरिकी राजदुतको सांस्कृतिक संरक्षण कोषको अनुदान २ लाख ८५ हजार अमेरिकी डलर अनुदान सहयोगमा लोघेकर(घर)गुम्बाको पूननिर्माण तथा जिर्णोद्धार गरिएको हो । गुम्बाको साविकको पहिचान र संस्कृति नमासिने गरी गुम्बा पूननिर्माणको जिम्मा नर्वुसुङ फाउन्डेसनले लिएको थियो ।


झन्डै १३ सय वर्ष पुरानो मराङको लोघेकर(घर)गुम्बा समुन्द्री सतहदेखि ४५ सय मिटरको अग्लो उचाईमा अवस्थित छ ।करिव ४ सय रोपनी क्षेत्रफलमा फैलिएको गुम्बा परिसरमा दर्जनौ माने र छोर्तेनहरु अवस्थित छन् । भुकम्पले गुम्बाको माथिल्लो भाग र गुम्बा घर चर्किएर जिर्ण बनेपछि अमेरिकी दुतावासको आर्थिक सहयोगमा पूननिर्माण थालिएका थियो ।

लोघेकर  अर्थात घर गुम्बा तिब्बतको साम्य गुम्बा बनेपछि बनेको बताईन्छ ।गुम्बा पद्यसम्भव तिब्बत प्रस्थान गर्दा राक्षसलाई बध गरेपछि निर्माण गरिएको हो । बिहिबार अमेरिकी दुतावासका एक दर्जन बढी कर्मचारीसहित हवाई सेवा मार्फत मुस्ताङ आएका राजदुत डिनआर थम्पसनको शुक्रबार लोघेकर गाउँपालिकाको मराङ पुगेको हो । राजदुत थम्पसनले लोघेकर गुम्बाको अवलोकन गरेका छन् । राजदुत थम्पसनसंगै मुस्ताङका संघीय प्रतिनिधि सभा सदस्य योगेश गौचन थकाली,सुवर्णकुमार बिष्ट र गाउँपालिका उपाध्यक्ष छिरिङ ल्हामो गुरुङ उपस्थित थिए । सो अवसरमा नुर्वसुङ फाउन्डेसन मार्फत लोघेकर गुम्बा पूननिर्माण सकिएपछि अमेरिकी राजदुतावासका प्रतिनिधिहरुलाई हस्तान्तरण गरिएको फान्डेसनकी फाउन्डर कुनजुङ ठकुरीले जानकारी दिईन् ।

गुम्बा पूननिर्माण हस्तान्तरण कार्यक्रममा अमेरिकी राजदुत डिनआर थम्पसनले गुम्बा पूननिर्माणकार्यमा आफुलाई चित्त बुझेको प्रतिक्रिया दिए । राजुदुत थम्पसनले ऐतिहाँसिक तथा धार्मिक सम्पादहरुको संरक्षण गर्न सबै मिलेर काम गर्न आग्रह गरे । 

यसअघि उपल्लो मुस्ताङको भ्रमणमा रहेका अमेरिकी राजदुत डिनआर थम्पसनले वारागुङ मुक्तिक्षेत्र—३ छुसाङमा अवस्थित ऐतिहाँसिक तथा धार्मिक महत्वले प्रसिद्ध गुम्बा धाङ गुम्बाको पूननिर्माण तथा जिर्णोद्धारको शिलन्यास गरेको वडाध्यक्ष बिनोद गुरुङले जानकारी दिए । सन् १६८० मा आनी गुम्बाको रुपमा निर्माण गििरएको गुम्बा धाङ गुम्बा मुस्ताङको सबैभन्दा पुरानो संरक्षित बौद्ध स्मारक मध्ये एक हो । यस गुम्बाको संरक्षण रुपरेखा विधि निकै उल्लेखनीय रहेको छ ।

अमेरिकी दुतावासको सांस्कृतिक संरक्षण कोषको लागत अनुदान  २ करोड १५ लाख मा गुम्बाधाङको पूननिर्माण तथा जिर्णोद्धार सुरु गरिएको हो । गुम्बा पुरानो र हावापानीको असरले क्षति तुल्याउँदा पछिल्लो समय जीर्ण बन्दै गईरहेको थियो ।

सन् २०२३ र २०२४ मा गुम्बाधाङको पूननिर्माण सम्पन्न गर्ने गरी नर्बुसुङ फाउन्डेसनले दुतावाससंग सम्झौता गरेको फाउन्डर कुनजुङ ठकुरीले जानकारी दिईन् ।गुम्बाको संम्पूर्ण ढल निकासी संरचना र सुधार गरिनुको साथै गुम्बाको भुकम्पीय सशक्तिकरण गरिने फाउन्डर ठकुरीले उल्लेख गरिन् । गुम्बाको लोघेकर (घर) गुम्बाको जस्तै पुरानो पहिचान नमासिने गरी पूननिर्माण थालिने उनले बताईन् ।

यस्तै, गुम्बाको भित्री परिधिमा काठ र बाहिरी परिधिमा ढुङ्गा बिच्छ्याईने छ । गुम्बा भित्रको मुक्तिकला र चित्रकलाको पूनस्थापना कार्य अघिल्लो वर्ष डिपिआर र पछिल्लो वर्षमा पूननिर्माण सम्पन्न गर्ने बताईएको छ । गुम्बाधाङ गुम्बा न्यिङ्मा सम्प्रदायको बुद्धिस धार्मिक गुम्बा हो । गुम्बा शिलन्यास कार्यक्रममा वारागुङ मुक्तिक्षेत्रका जनप्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

दुतावासका कर्मचारीसहित आएका डिनआर थम्पसको टोलीमा ८ जना विदेशी र केही नेपालीहरु सहभागि छन् । राजदुत थम्पसनले उपल्लो मुस्ताङ प्रस्थान गर्नुअघि वारागुङ मुक्तिक्षेत्र गाउँपालिका—२ झोङमा अवस्थित ऐतिहाँसिक तथा धार्मिक स्थल झोङ छोदे शेडुप छोपेलिङ गुम्बाको अवलोकन तथा निरीक्षण गरे । २०७२ सालको भुकम्पले क्षति बनाएको उक्त गुम्बाको पूननिर्माण तथा जिर्णोद्धारका साथै भुकम्पीय सवलीकरणकार्य पनि अमेरिकी दुतावासको सांस्कृतिक संरक्षण कोषको लागत १ लाख २३ हजार ६८१ रुपैया डलरमा पुरा गरिएको थियो । गुम्बा निर्माण भएपछि तत्कालीन राजदुत ¥यान्डी बेरी त्यस समय मुस्ताङ आएर अवलोकन गरेका थिए । सोही समयमा पूननिर्माणकार्यको जिम्मा लिएको हेरिटेज एण्ड ईन्भाईरोमेन्ट कन्जरभेसन फाउन्डेसनले गुम्बा हस्तान्तरण भएको जानकारी गराईएको थियो ।

दुतावासको विभिन्न योजना तथा कार्यक्रम लिएर मुस्ताङ आएका अमेरिकी राजदुत डिनआर थम्पसनसहितको टोलीले वारागुङ मुक्तिक्षेत्र—४ कागबेनीको बाढी प्रभावित प्रभावित क्षेत्रको अवलोकन गरेको बताईएको छ । मुराङको लोघेकर(घर) गुम्बा हस्तान्तरण कार्यक्रममा पुगेका राजदुत डिनआर थम्पसनसहितको टोली त्यहाँ कार्यक्रम सकेर शनिबार लोमान्थाङ पुगेको बताईएको छ ।



प्रतिक्रिया