समाचार प्रस्तुति: सुर्य राय | आमादर्शन न्यूज, काठमाडौं
नेपालको कूटनीतिक र नेतृत्व क्षमताको विस्तार अन्तर्राष्ट्रिय मञ्चसम्म पुगेको छ, जहाँ तीनजना नेपाली महिला नेतृहरूले ऐतिहासिक उपलब्धि हासिल गरेका छन्। यसले नेपालको पहिचानलाई विश्वस्तरमा उजागर गर्नुका साथै महिला सशक्तीकरणको सशक्त सन्देशसमेत दिएको छ।
प्रतिनिधिसभाकी सांसद सोबिता गौतमले अन्तर्राष्ट्रिय संसदिय संघ (Inter-Parliamentary Union - IPU) को स्वास्थ्य समिति सदस्यताका लागि उम्मेद्वारी प्राप्त गर्नुभएको छ। स्वास्थ्य कूटनीतिमा नेपालको योगदान विस्तार गर्ने दिशामा यो एक ऐतिहासिक पाइला मानिएको छ। अहिलेसम्म कुनै पनि नेपाली सांसदले यो स्थानमा उम्मेद्वारी पाएका थिएनन्।
यसैबीच, राष्ट्रिय सभाकी सदस्य डा. अञ्जना शाक्य IPU अन्तर्गतको Sustainable Development Standing Committee मा Asia-Pacific क्षेत्रको प्रतिनिधिका रूपमा निर्वाचित हुनुभएको छ। यो स्थान पाउने पहिलो नेपाली सांसदको रूपमा उहाँको चयन एक महत्वपूर्ण सफलताका रूपमा हेरिएको छ।
त्यसैगरी, काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोललाई विश्व आर्थिक मञ्च (World Economic Forum) बाट सन् २०२५ का लागि Young Global Leader (YGL) को रूपमा छनोट गरिएको छ। नेतृत्व विकास, विश्व संवाद र सामाजिक प्रभावका क्षेत्रमा उहाँको समर्पणले अन्तर्राष्ट्रिय समुदायमा नेपाललाई थप चिनाउन सहयोग पुगेको छ।
यी तीनजना नेत्रीहरूको सफलताले नेपाली युवाहरू, विशेषगरी महिलाहरूलाई अन्तर्राष्ट्रिय नेतृत्वको यात्रामा अगाडि बढ्न अभिप्रेरित गर्ने विश्वास गरिएको छ।
— आमादर्शन न्यूज
नेपालको आवाज, विश्वसम्म
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता