राप्रपाको जनप्रदर्शन रत्नपार्कमा सम्पन्न


राप्रपा (राष्ट्रवादी) ले आज काठमाडौंको रत्नपार्कमा शक्ति प्रदर्शनसहित व्यापक जनप्रदर्शन सम्पन्न गरेको छ। पार्टीले सरकारी नीतिगत कमजोरी, बढ्दो महँगी, सुशासनको अभाव तथा राष्ट्रिय पहिचानसम्बन्धी मुद्दामा सरकार उदासीन रहेको भन्दै सडकमा उत्रिएको हो।


रत्नपार्क क्षेत्रमा बिहानैदेखि सर्वसाधारण, कार्यकर्ता र समर्थकहरूको भीड बाक्लिँदै गएको थियो। प्रदर्शनमा सहभागीहरूले भ्रष्टाचारविरुद्ध कडा नारा जुलुस सहित अघि बढाएका थिए।


पार्टी नेतृत्वले सरकारलाई चेतावनी दिंदै भनेका छन् कि यदि जनताको मागलाई बेवास्ता गरियो भने थप कडा आन्दोलनका कार्यक्रम घोषणा गरिनेछ।


सुरक्षा व्यवस्था कडा बनाइएको भए पनि कार्यक्रम शान्तिपूर्ण रूपमा सम्पन्न भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया