आफुहरुको माग सम्बोधन हुनेमा शिक्षक महासंघ विश्वस्त, १२ को परीक्षाबारे गम्भीर, आन्दोलन जारी रहने

काठमाडौं, वैशाख १८ — शिक्षकहरुको आन्दोलनलाई सम्बोधन गर्न शिक्षा मन्त्रालयमा मंगलबार रातिसम्म भएको वार्ताले केही सकारात्मक संकेत दिएको छ। वार्तामा सहभागी शिक्षक महासंघका अध्यक्ष तथा आन्दोलन परिचालन संयोजक लक्ष्मीकिशोर सुवेदीका अनुसार मन्त्रिपरिषदबाट टुंगो लगाउन सकिने मागहरूमाथि छलफल भएको छ। सरकारले बुधबार बस्ने मन्त्रिपरिषद बैठकमा यसबारे निर्णय गर्ने आश्वासन दिएको छ।


महासंघले आफूहरुको मागप्रति सरकार गम्भीर रहेको जनाउँदै आन्दोलन कायमै रहने स्पष्ट पारेको छ। साथै, माध्यमिक शिक्षा परीक्षा (एसईई) पछिको कक्षा १२ को परीक्षा सुरक्षीत वातावरणमा गराउन आफूहरू गम्भीर रहेको पनि महासंघले जनाएको छ।


शिक्षकहरुले पछिल्लो समय विभिन्न सरोकारबाहक निकायहरूसँग चरणबद्ध वार्ता गर्दै आए पनि ठोस निर्णय नआउँदा आन्दोलन जारी राख्नुपर्ने अवस्था आएको बताएका छन्।


#AamaDarshanNews

प्रतिक्रिया