पोखरीको व्यथा"राजनैतिक भाषा"


विकासको कुरा

प्रशान्त महासागर

हिजो हल्का मभिं पुखूमा बस पार्क बनाउँदा फरक पर्दैन् समृद्धि आउँछ । बजार बन्छ । सुन्दा सामान्य लाग्ने कुरा प्रदुषण कति हुन्छ हिसाब नभएको चिया गफ थियो । र लगभग ७२ सालको भूकम्प पुरिसकेको अस्तित्व ७४ को सरकार पुर्नुहुन्न सामान्य  साथ अगाडि बढेको थियो भने सिमाङ्कन हेरफेर गरिईयो । त्यतिबेला सरकार एमालेको थियो भने प्रतिपक्षमा काँग्रेस थियो । र विज्ञप्ति एउटा जारी गर्नुस् धेरै गुहारें काँग्रेसले आँट गर्न सकेनन् भने मेरो भनाई त्यो बेला घर भएपछि बाटो दिनुपर्छ नैतिकता जाहेर गरें । त्यसमा मैले एउटै मात्र कुरा राखें कि अंशबण्डा जस्तो नगर्ने कित्ताकाट गरि होईन् घरको लागि बाटो पोखरीकै पेटि दिने भनें तर मानेनन् । एमाले सरकारले घर भएतिर बाटो दिए । एउटा सत्य त्यो बेला निजि जग्गामा सरकारी बजेट हालेर सार्वजनिक बनाए यो कुरा सायद बाटो पाउनेले बुझेका छैनन् भने उता बाटो दिने भए हाम्रो यता मोटर गुड्ने बाटोतिर पनि छोड्नुपर्छ भन्दै मान्युडेट उठाएर बाटो चौडा गर्न वडामा पत्र बुझाए जुन अहिलेको स्थानीय ३नं. वडा सरकारलाई त्यो पत्र बारे जानकारी छैन् भन्ने हल्का जवाफ बाहिरिएको छ । त्यस्तै एमालेको सरकार स्थानीय सरकारै हुँदा एउटा ज्ञापन पत्र बुझाएको थियो जसमा बोधार्थ भनी कीर्तिपुर नगरपालिका ३ नं. वडाकार्यालय, जिल्ला प्रशासन कार्यालय बबरमहल, बागमती प्रदेश सँस्कृती तथा पर्यटन मन्त्रालय हेटौंडा, नेपाल सरकार संघिय सँस्कृती तथा पर्यटन मन्त्रालय काठमाडौं र पुरातत्व विभाग रामशाह पथ काठमाडौमा पेश गर्न तयार गरिइएको थियो भने कीर्तिपुर नगरपालिकाका प्रशासकीय प्रमुखले पत्र बुझ्न अस्विकार गरे । त्यतिबेला वडामा बुझाउन जाने मित्रले थाहा छैन् भने हुन त दर्ता गराएर दर्ता नं लिएर आउ पनि भनेको थिएँ त्यो गरिएन् जुन विकास विरोधी काम थियो । ऐतिहासिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सघाउ पुर्‍याउने भनिएको काम त्यो विपरीत भएको भनी सबै ठाउँमा सम्भव भएको ठाउँमा कोहिले दिन गए भने सम्भव नभएको अवस्थामा विधुतीय मार्फत उजुरी दिएका थियौं जुन थाहा छैन् भने त्यो विकासको बाटो थियो मलाई थाहा भएन् । त्यस्तै पुरै पुरातत्वको निशानी नै नरहने गरि स्वरुप फरकताको कुरालाई अख्तियार उजुरी गरेछु है भन्दा हामीलाई अप्ठ्यारो हुनसक्छ भन्ने जवाफसँग मौनता जारी गर्नु पनि विकास संगत कुरा थियो अहिले आफुखुशी पोखरी शिलान्यास गरेर बनाउँदा पुरातात्त्विक हुनुपर्छ पर्यावरण युक्त हुनुपर्छ भन्नू विकास विरोधी कुरा भएछ भने २०८२ साल सक्ने भनिएको योजना २०८१ आएको छैन् चाँडो बनाउनुपर्यो विकास विरोधी सल्बलाए भन्नू आफैमा विकास विरोधी कुरा हुन् । ट्रक शायरी सायद थाहा छ छैन् त्यसको बारे विकासवादीलाई जहाँ लेखिएको हुन्छ कि हत्तार गए भन्न सकिन्न ढिलो गए अवश्य घर पुगिन्छ त्यो भनेको पुरातात्त्विक बनोट जसमा नागयुक्त दाची अप्पाको आकार छ के हत्तारमा सारयुक्त बन्छ ? हतारपटारमा गरिने काम विकास विरोधी काम हो । समय सिमा तोकिएको काम चाँडो गरिन्छ भने दालमें कुच्छ काला है बुझ्नुपर्छ भने कतै दाल पुरै डढेको त छैन् ? सोच्नुपर्छ । अर्को स्वीकृत सम्बन्धि कुनै जानकारी कसैसँग छैन् भन्नू दुर्भाग्यपूर्ण खेल हो । साथै मभिं पुखू कसैले नबनाउनु भनेको छैन् । खुल्ला पर्यावरणयुक्त हुनुपर्छ मात्र भनिएको सारलाई आफुखुखी तोडमोड शब्द संरचना र त्यसको व्याख्यामा समाजलाई गुमराहमा राखेर गर्न खोजिएको काम वास्तविक रुपमा त्यो विकास विरोधी संरचना हुन् । हिजो एमालेको स्थानीय सरकारलाइ पनि काँग्रेस विपक्षमा हुँदा नबनाउन भनेको छैन् भने आज काँग्रेस सत्तामा हुँदा एमालेले पनि नबनाउ भनेको छैन् । मात्र सत्ताले यो भनिएको छ नीति स्वरुप दिएर बनाउ आवाज यति मात्र हो । पुरातत्व विभागले पनि प्राचीन स्मारक अन्तर्गत पर्छ त्यसै अनुरुप बनाउँदा सुन माथी सुगन्ध हुन्छ भनिएको हो । टिपका टिप दुबै मान्छे ओसारेर ल्याउ पुरातत्वले भनेको होईन् । समाजमा द्वन्द सृजना गरेर कमाई खाने सत्ताले गर्न हुन्न भनिएको विकास विरोधी बुझ्नु आफैमा विरोधी हुन् । नगरपालिकाले स्वीकृति दिनुपर्ने दिएछैन् भन्नू आफैमा विरोधी कुरा हुन् । सौन्दर्यकरणको नाउँमा पोखरीको पर्यावरण छोप्नुहुन्न भन्नू विकास विरोधी हो भने म सदा त्यही हुँ । हिजो जस्ले घर भएतिर बाटो दिनुहुन्न भने तिनीहरू विकासप्रेमी भए ठिकै छ । अदालत यहाँ मात्र होईन् छात्तीमा हात राखेर जानेबेला माथी पनि पेसि चल्छ । भोग्नु पर्छ भन्दै सानो कथा प्रस्तुत गरें । एउटा कसाईले एउटा खसी काटी भाग लगाउँदा अर्को खसी हाँसेछ । अनि साहुले सोधेछ: ओई किन हसासिस् भनी सोध्दा प्रत्युत्तरमा मैले र मेरो आफ्नोले जीवनभर घाँस मात्र खाँदा त हाम्रो यो गति यस्तो दर्दनाक मृत्यु पाएँ भने तिमीहरूले त झन हाम्रै मासु खाँदैछौं, सम्पदा संस्कार मासेर खाएका छौं धर्म पाप बेचेर खाएका छौं लुटेर ठगेर खाएका छौं तिमीहरूको मृत्यु कति भयावह हुन्छ सोची आफ्नो मृत्यु बिर्सेको छु । तिमीहरू रोष्ट हुन्छौं या गोष्ट त्यो म जानिन् । कसाई खसीको कुरा सुनेर मौन बस्यो ।

अन्तमा, मभी पुखू देश बन्दा बनेको पुखू हो । नेवा: सभ्यताको बस्ती देश जहाँ बनेका छन् त्यहाँ शरीरको लागि आवश्यक रगत जोहो गर्न पानी सभ्यताको व्यवस्था गरेको हुन्छ । पुर्खाको मासु रगतले सिचेको सभ्यता हाम्रो जीवन बन्नुपर्छ । जगेर्ना विकास हो । अत: एमाले, काँग्रेस जस्ले बनाउँदा पनि नबनाउ भन्ने मान्छे देखिएन् त्यसमा भएका त्रुटि सुधार्नुपर्छ काँग्रेस आउँदा एमाले भनेको यहि हो भने एमाले हुँदा काँग्रेसले भन्न खोजिएको यति नै हो । त्यसको कस्को बजेट मुख्य कुरा भएन् सम्पदा मास्नुहुन्न सबैको तथ्यता त्यही हो । बनाउने आखिर ठेकेदारले नै हो । कमिसन जस्ले जति दिए काम उसैले पाउने हो । यहाँ भ्रष्टाचारको कुरा गरिएको छैन् । लुकाउनु परेको समाज गुमराहमा पार्न हस्ताक्षर संकलन गरिएको विकास विरोधी भनिएको आखिरमा सत्यतथ्यले हिजो कुरा आजको कुरा राखिएर कुरा गर्ने हो भने विकास विरोधी को भन्ने सावित हुन्छ नै । तर नबनाऔं कसैले भनेको छैन् । सम्पदा छोप्नु भएन् पर्यावरणयुक्त हुनुपर्यो गर्मी चिसो हावा बहने पोखरी मभी पुखू हुनुपर्यो । बेथिति विसंगतिका कुरा गर्नुछैन् । अझ भनौं कुनै बेला नक्सा लेखाउनुपर्छ भनी जुर्मुराउनेहरु लुकाइएका डिजाइनमा लसपस छन् । तु करे बलात्कार हम करे चमत्कार भन्ने सोच त्याग्नुपर्छ । साँच्चिकै मभिं पुखू विकासकै बनाउने हो या विकासै भन्ने हो भने नगरपालिकाले वडासँग स्वीकृति लिई नक्सा डिजाइन पुरातत्व विभागसँग छलफल गरि खानेपानी विकास बोर्डसँग बजेटको लागि प्रक्रिया पूरा गरेको भए इतिहासमा नेपाली काँग्रेसको स्थानीय सरकारको उचाई नमूनायुक्त हुनेथियो । विचार विकास यसरी लिन सक्नुपर्छ । समाजलाई खण्डन गरेर सत्य लुकाएर विकास हुन्न । एउटा स्पष्ट कुरा हिजो एमालेको सरकार हुँदा बन्न खोजेको पुरातात्त्विक ऐतिहासिक भनिएको त्यो अनुरुप नबन्दा रोकिएको थियो वा रोक्न लगाएको थियो स्वविवेकले तर काँग्रेस रोक्न लगाईयो भन्ने हल्का भो भने आज स्वयम् काँग्रेसको सरकार हुँदा पुन: एमलेलाई फाइदा हुने चौडा बाटो बनाउँदा पोखरीको शिलान्यास एमालेले वा विकास विरोधीले रोक्न खोजिएको कुरा सार्वजनिक हुनु आफैमा दु:खदायी कुरा हुन् । आफू विपक्ष हुँदा बाटो दिनुहुन्न भन्ने आफू सरकारमा हुँदा बाटो दिनुपर्छ भन्ने विचारलाई हामीले के बुझ्ने ? समाजले त्यसलाई कसरी लिने ? आखिरमा कुरा जस्तो भएपनि पोखरी बन्नुपर्छ । सानो भएपनि खुल्ला हुनुपर्छ । खुल्ला बन्नुपर्छ । 



प्रतिक्रिया