जनताको प्रतिनिधि (जनप्रतिनिधि) र इटहरीवासी भएकाले इटहरी उपमहानगरपालिकामा समय स्मयमा हुने भए गरेका कैफियत/ वेथितिहरूको बिरुद्द आवाज उठाउनु बोल्नु मेरो कर्तब्य हो।नितिगत रुपमा नागरिकका सुबिधाकालागि भनी जनभावना बिपरित गरिएको कार्यहरू बारे तमाम नगरवासीहरुलाइ स्पष्ट प्रष्ट पनि मेरो दायित्व हो।
केगि समय अगाडि मैले सम्मानित सदनमा इटहरी उपमहानगर पालिकामा भए गरिएका नितिगत कैफियतका केही नमुनाहरुलाई मात्रै पेश गरेको हु।अझै धेरै छन समय सङसङै पक्कैपनी खुल्दै जानेनैछन। यो बेथिति विरूद्धको आवाज मेरालागि मात्र नभएर तमाम नगरवासी जो ३१६% प्रतिशत भन्दा वढि कर तिरिरहेका छाैं र त्यसको सदुपयोग होइन दुरुपयोग भइरहकोले त्यसको लागि उठाएको हु।
पछिल्लो समय इटहरीमा देखिएका केही कैफियतका प्रसङ्ग हरु जुन तमाम इटहरीवासी ले थाहापाउनु पर्दछ।प्रसंग नं. १: इटहरी उपमहानगरले खरिद गरेको चारवटा विद्युतीय बस
सम्बन्धमा : नागरिकका लागि सुबिधा प्रदान गर्ने भनी इटहरी उपमहानगरले विद्युतीय बस खरिद प्रकृयाको लागि बस बिक्रेता कम्पनीहरू क्रमश: स्पार्क अटोमोटिभ्स प्रा.लि., सिप्रर्दी ट्रेडिङ प्रा.लि., सुन्दर ट्रेडर्स प्रा.लि.लगायत ६ वटा विक्रेता कम्पनी(सप्लायर्स) संग बिधुतिय बस के कति मुल्यमा उपलब्ध गराउन सकिने हो सो को दररेट (कोटेशन) माग गर्दछ।
पालिकाको माग बमोजिम माथी उल्लेखित सप्लायर्स कम्पनी हरुले विभिन्न माध्यम प्रयोग गरि निर्धारित मितिमै विद्युतीय बसको आ-आफ्नो दररेट तोकिएको स्पेशिफिकेसन सहित उपमहानगरसमक्ष पेश/ दर्ता गर्दछन। ती आपूर्तिकर्ता हरु मध्ये का एक सुन्दर ट्रेडर्स प्रा.लि.ले पनि पालिकाले माग गरेको स्पेशिफिकेसन सहित को आफ्नो दररेट प्रती बस र्य. १ करोड २५ लाख उल्लेख गरि पेश गरेको हुन्छ (पालिकाको अभिलेख अनुसार मिति २०८० भदाैं २६ मा बोलपत्र दर्ता गरिएको)। प्रमाण स्वरुप पालिकाले माग गरेको स्पेशिफिकेशन र सुन्दर ट्रेडर्स ले पेश गरेको दर रेट यहाँ पेश गरिएको छ।
सम्भवत ब्यक्तिगत स्वार्थ नमिलेको कारण हुनसक्छ पालिकाले सुन्दर ट्रेडर्स प्रा. ली. ले पेश गरेको स्पेशिफिकेशन सहितको दर रेटलाई बेवास्ता गर्दै पुन: आफू अनुकुल हुने गरि प्रती बस रु १ करोड ७० लाख आधार मूल्य तय गरि दररेट सहितको वोलपत्र आव्हान गर्छन।
मेरो प्रश्न, सम्भवत आम नागरिकको प्रश्न पनि बन्न सक्छ।
१.किन,के का लागी एउटै बसमा रु. ३४ लाख २१ हजार ७ सय मुल्य फरक पारीएको?
२.सार्वजनिक खरिद ऐन बमोजिम आव्हान गरिए अनुसार पेश भएका बोलपत्र मध्ये कम्ती मूल्य पेश गर्ने बोलपत्र दातालाई पर्यो भनेर उम्कन मिल्छ र मयेर साब !
३.पालिकाले नागरिककोसुबिधाका लागि भनी नगरअस्पतालको लागि आफू अनुकुल हुने गरि स्पेसिफिकेशन बनएर एक मात्र आपूर्तिकर्ताको सहभागीता हुनेगरी सर्वसुलभ ढङले करिब पाच करोड्को हाराहारीमा पाइने सिटिस्क्यान मेअहिनलाई सुनियोजित तरिकाले आठ करोड बढी मूल्यमा टेन्डर आव्हान गरेर कैफियत गर्न खोजेको तथ्य सर्वबितिदै छ। सर्बत्र विरोध भएपस्चात आर्थिक बर्षको अन्त्यमा बोलपत्र रद्ध गरिएको जगजाहेर नै छ।
यदि सिटी स्क्यान मेशिन खरिद गरि सकिएको हुन्थ्यो भने त नागरिकलाई सार्वजनिक खरिद ऐेनको प्रकृया पुर्याएर लिएको हो भनेर पालिका प्रमुखले अनर्गल प्रचार गरिहाल्नु हुन्थ्यो जुन अहिले विद्युतीय बस खरिदमा कैफियत गरेको स-प्रमाण कुरा उठाएपछि जोड्तोडले लागीरहनु भएको छ।
प्रस्तुत तमाम तथ्यहरुले इटहरी उपमहानगर पालिकामा आफू अनुकुल नीति निर्माण गरि कैफियत गर्ने गरेको भन्ने प्रशस्त आधारहरु रहेको प्रस्ट छ। आंशका उव्जाएको छ।
विद्युतीय बस खरिद होस या अस्पतालका लागि आवाश्यक सामाग्री खरिद, बिद्यालय दिवा खाजा होस या बिद्यालय नर्सिङ सेवा, नगर सफा राख्न खरिद गरिएको ब्रुमर होस या बास्तु अनुसार पार्किङ अनुसार आफू बस्ने स्थान निर्माण का लागि होस जताततै नीति बनाएर कैफियत गर्ने अभ्यास कसैबाट लुकेको छिपेको छैन।
सम्पुर्ण इटहरी बासीहरुमा बिनम्र अनुरोध कहिलेसम्म आफ्नै आँखा अगाडि भैरहेका बेथिति हरु हेरेर सहेर बस्ने अब त अती भो उठौ एक जुट बनौ भ्रष्ट्राचार विरुद्धको अभियान मा एकजुट भएर आफुले तिरेको करको दुरुपयोग रोक्नका लागि खबरदारी गरौ।
तल सुन्दर ट्रेडर्स प्रा.लि.को दररेट स्पेशिफिकेशन र उपमहानगरपालिकाको स्पेशिफिकेशन राखेको छु।नगरवासीहरू सचेत हुनु होला।