काठमाडौं, आमादर्शन न्यूज — विशेष अदालतले सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरत थापालाई भ्रष्टाचारको अभियोगमा ८ वर्ष कैद सजाय र १० करोड रुपैयाँ जरिवाना तोकेको छ।
गएको साउन २१ गते विशेष अदालतले थापा, विमलकुमार पोखरेल र सागर पौडेलले नदीजन्य पदार्थमा हानी नोक्सानी पुर्याएको ठहर गरेको थियो। सोही प्रकरणमा बिहीवार अदालतले तीनै जना प्रतिवादीलाई ८ वर्ष कैद र जनही १० करोड रुपैयाँ जरिवाना निर्धारण गरेको हो।
यस्तै, अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१ को उपदफा (३) बमोजिम, तीनै जनाले जनही ४० लाख ३९ हजार १३१ रुपैयाँ क्षतिपूर्ति पीडितलाई तिर्नुपर्ने आदेश अदालतले दिएको छ।
अदालतको यो फैसलापछि बागमती नगरपालिकामा लामो समयदेखि चासोको विषय बनेको भ्रष्टाचार प्रकरणमा कानुनी निष्कर्ष टुंगिएको छ।
३० साउन २०८२, बिहिबार ०९:१९ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता