कञ्चनपुर प्रहरीले गायक रवि ओडविरुद्ध पक्राउ पुर्जी जारी ।

काठमाडौं । नेपाल आइडल सिजन–२ का विजेता रवि ओडविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत कञ्चनपुरले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।  

उनकै श्रीमतीले वैवाहिक बलात्कारको जाहेरी प्रहरीमा दिएपछि उनीविरुद्ध पक्राउका लागि प्रहरीले प्रकृया अघि बढाएको थियो । ओडकी श्रीमतीले चैत २० मा कञ्चनपुरको इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी दिएकी थिइन् ।

ओडको घर कञ्चनपुर कृष्णपुर नगरपालिका, गुलरिया हो । उनीविरुद्ध जिल्ला अदालत कञ्चनपुरले बुधबार प्रहरीलाई पक्राउको अनुमति दिएको कञ्चनपुर प्रहरी प्रमुख एसपी चक्रराज जोशीले जानकारी दिए ।

प्रतिक्रिया