काठमाडौं । नागरिकको विश्वासका कारण काठमाडौं महानगरपालिकाको प्रमुखको जिम्मेवारी सम्हालेपछि शब्दभन्दा कामलाई प्राथमिकता दिएको महानगर नेतृत्वले जनाएको छ। स्थानीय तहले आफ्नो अधिकार प्रयोग गरेर आम जनताको सुविधाका लागि प्रभावकारी काम गर्न सकिन्छ भन्ने कुरा व्यवहारमै प्रमाणित गरिएको दाबी गरिएको छ।
महानगरपालिकाबाट आम नागरिकले प्रत्यक्ष अनुभूति गर्न सक्ने सेवा प्रवाह, पारदर्शी प्रणालीको स्थापना तथा संरचनागत सुधारको सुरुवात गरिएको उल्लेख गरिएको छ। यी सुधार र अभ्यासलाई अब राष्ट्रिय स्तरमा विस्तार गर्ने समय आएको पनि नेतृत्वको भनाइ छ।
“अब लोकप्रिय नारा होइन, इमानदार नेतृत्व आवश्यक छ,” भनाइ राख्दै राजनीतिमा प्रवेशको मूल उद्देश्य नेपाललाई सुरक्षित, दिगो र व्यवस्थित बनाउनु रहेको स्पष्ट गरिएको छ।
सबैको साथ, सहयोग र विश्वासका साथ राष्ट्र निर्माणको यात्रामा अघि बढ्ने समय आएको भन्दै नेतृत्वले नागरिकलाई एकजुट हुन आह्वान गरेको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता