काठमाडौं । नेपाल राष्ट्र बैंकका नव नियुक्त गभर्नरले आज पदभार ग्रहण गरेसँगै अर्थतन्त्रमा सुधार र विश्वास पुनःस्थापना गर्ने उद्देश्यले पहिलो निर्णयस्वरूप पाँच सय र हजार रुपैयाँ दरका नयाँ नोट छपाइ गर्ने घोषणा गरेका छन्।
गभर्नरले बालुवाटारस्थित राष्ट्र बैंकको केन्द्रीय कार्यालयमा पदभार सम्हाल्ने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै भने, “देशको मौद्रिक नीतिमा स्थायित्व ल्याउन र मुद्रा व्यवस्थापनलाई आधुनिक बनाउँदै जनताको विश्वास बढाउन नयाँ नोट जारी गरिनेछ।”
नयाँ नोटहरू अत्याधुनिक सुरक्षासुविधा (high security features) सहित तयार गरिने जनाइएको छ। राष्ट्र बैंकले पुराना तथा क्षतिग्रस्त नोटहरूलाई क्रमशः फिर्ता लिई नयाँ नोटमार्फत मुद्रा व्यवस्थापनमा पारदर्शिता र विश्वसनीयता कायम गर्ने योजना अघि सारेको छ।
राष्ट्र बैंक स्रोतका अनुसार छपाइ प्रक्रिया चाँडै सुरु हुने छ भने नयाँ नोट बजारमा कहिले प्रवेश गर्ने भन्नेबारे विस्तृत कार्ययोजना केही दिनभित्रै सार्वजनिक गरिनेछ।
आर्थिक विश्लेषकहरूले गभर्नरको यो निर्णयलाई सकारात्मक कदमको रूपमा मूल्याङ्कन गरेका छन्। “यसले मुद्रा व्यवस्थापनमा सुधार ल्याउने मात्र होइन, नक्कली नोट नियन्त्रणमा पनि सहयोग पुर्याउनेछ,” एक विश्लेषकले बताए।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सन्चारकर्मी सुर्य राय