भूकम्प र सुनामी जस्ता प्राकृतिक विपत्तिले पटक–पटक प्रभावित हुँदै आएको जापानमा अहिले फेरि एक रहस्यमय भविष्यवाणीले जनमानसमा ठूलो त्रास फैलिएको छ। चर्चित मङ्गा कलाकार तथा भविष्यवक्ता रिया तात्सुकी (जिनलाई केहीले जापानी बाबा वाङ्गा भनेर पनि चिन्ने गर्छन्) ले सन् १९९९ मा प्रकाशित आफ्नो पुस्तक “The Future I Saw” मा २०२५ जुलाई ५ मा जापानमा एक विनाशकारी भूकम्प र त्यसपछिको प्रचण्ड सुनामी आउने चेतावनी दिएकी थिइन्।
यो भविष्यवाणीको मितिले नजिकिँदै गर्दा जापानका विभिन्न क्षेत्रमा भूकम्पका गतिविधि उल्लेखनीय रूपमा बढेका छन्। पछिल्ला ४० दिनमा टाकोरा टापुको अकासुकिजिमा क्षेत्रमा मात्र ७०० भन्दा बढी साना-ठूला भूकम्प गइसकेका छन्, जसमा ५० भन्दा बढी भूकम्पको म्याग्निच्युड ३ देखि ५ सम्म मापन गरिएको छ। यसले वैज्ञानिकहरूलाई पनि चिन्तित तुल्याएको छ।
पर्यटनको प्रमुख सिजन मानिने जुन र जुलाई महिनामा जापान अहिले करिब-करिब सुनसान बनेको छ। लाखौं पर्यटकहरूले जापान यात्रा रद्द गरेका छन् र उडान र होटल बुकिङ रद्द गर्नेको संख्या दिनप्रतिदिन बढिरहेको छ।
तात्सुकीको अघिल्ला भविष्यवाणीहरू – जस्तै कोरोना महामारी, २०११ को तोहोकु भूकम्प र सुनामी जस्ता घटनाहरू सही सावित भएकाले यो चेतावनीलाई धेरैले गम्भीर रूपमा लिएका छन्।
सरकार र आपतकालीन सेवा निकायहरूले भने नागरिकहरूलाई अफवाहमा नफस्न र वैज्ञानिक तथ्यमा भर पर्न आग्रह गरेका छन्। यद्यपि अकासुकिजिमा क्षेत्र र आसपासका ठाउँहरूमा सचेतता र सतर्कता बढाइएको छ।
हालसम्मको अवस्थाः
• जापानको दक्षिणी टापुहरूमा भूकम्प गतिविधि बढ्दो
• स्थानीय बासिन्दाहरू सुरक्षित स्थानतर्फ सर्ने क्रम जारी
• पर्यटकहरू बीच त्रास फैलिँदै
• सरकारद्वारा आपतकालीन तयारी सशक्त बनाउँदै
अहिले सबैको नजर जुलाई ५ मा के हुने हो भन्नेमा केन्द्रित छ। वैज्ञानिकहरू भने अझै पनि ठोस पूर्वानुमान गर्न सकेका छैनन्।
— #aamadarshannews #breakingnews #JapanDisasterPrediction
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सन्चारकर्मी सुर्य राय