काठमाडौँ, वैशाख ६ – Aama Darshan News
विभिन्न क्षेत्रका मागहरूलाई लिएर चर्किएको आन्दोलनको पृष्ठभूमिमा संघीय संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि उपसमितिको बैठक आज शनिबार पनि जारी रहेको छ। उपसमिति स्रोतका अनुसार जनताका गुनासाहरू, क्षेत्रगत असन्तुलन, तथा सेवा प्रवाहमा देखिएका समस्याहरूका सम्बन्धमा समितिले गम्भीर छलफल गरिरहेको छ।
बैठकमा हालै देखिएका विद्यार्थी आन्दोल, स्वास्थ्य सेवामा देखिएको असन्तोष, तथा ग्रामीण भेगमा सूचना प्रविधिको पहुँच नपुगेको विषयमा विशेष ध्यान केन्द्रित गरिएको छ। समितिले सम्बन्धित मन्त्रालयका अधिकारीहरूलाई समेत बैठकमा आमन्त्रण गरी आवश्यक जानकारी लिएको छ।
समितिका एक सदस्यले Aama Darshan News सँग भने, “हामी जनता र सरकारबीचको पुलको रूपमा काम गर्दैछौं। यो बैठक समस्याको समाधानतर्फ ठोस मार्गचित्र बनाउने दिशामा अघि बढ्नेछ।”
आन्दोलनका कारण सिर्जना भएको अप्ठ्यारो परिस्थिति समाधान गर्न समितिको सक्रियता सकारात्मक कदमका रूपमा हेरिएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सन्चारकर्मी सुर्य राय