काठमाडौं । प्रारम्भिक बाल विकास केन्द्र र ५ वर्षका (४८ देखि ६० महिनासम्मका) बालबालिकाको सर्वाङ्गीण विकास सुनिश्चित गर्न ‘प्रारम्भिक सिकाइ तथा विकास मापदण्डमा आधारित निर्माणात्मक मूल्याङ्कन सम्बन्धी प्रशिक्षक प्रशिक्षण’ कार्यक्रम सम्पन्न भएको छ ।
उक्त तालिममा सहभागी प्रशिक्षकहरूले बालबालिकाको स्तर पहिचान गर्ने तरिका तथा उपचारात्मक रणनीतिहरूको प्रशिक्षण प्राप्त गरेका थिए । प्रशिक्षण अन्तर्गत शारीरिक, संवेगात्मक, सामाजिक, सांस्कृतिक, बौद्धिक तथा भाषिक विकासका पक्षहरू सम्बन्धित क्रियाकलापमार्फत अभ्यास गराइएको थियो । साथै, प्रशिक्षकहरूले दैनिक कार्यतालिकामा आधारित रही सुक्ष्म शिक्षणसमेत गरेका थिए ।
प्रशिक्षण कार्यक्रमलाई शिक्षाविद्हरू, बालविकास विशेषज्ञहरू तथा अनुभवि प्रशिक्षकहरूले संचालन गरेका थिए । कार्यक्रमको उद्देश्य बालबालिकाको समग्र विकासलाई सुनिश्चित गर्दै उनीहरूको शीक्षाको गुणस्तर सुधार गर्नु रहेको थियो ।
समाप्त भएको उक्त प्रशिक्षणमा विभिन्न विद्यालय, सामुदायिक तथा निजी बाल विकास केन्द्रका प्रशिक्षकहरूको सहभागीता रहेको थियो । सहभागीहरूले प्राप्त ज्ञान र सीपलाई व्यवहारिक रूपमा लागू गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सन्चारकर्मी सुर्य राय