नेपाल टेलिकमको नेटवर्कमा समस्या, फोन र इन्टरनेट सेवामा असर
२ मङ्सिर २०८१, आईतबार ०१:४३ मा प्रकाशित
आमा दर्शन न्युज :- संवाददाता
काठमाडौं, १७ नोभेम्बर – नेपाल टेलिकमका प्रयोगकर्ताहरूलाई आज विहानदेखि फोन सेवा र इन्टरनेट सेवा प्रयोग गर्न समस्या आएको छ। प्रिपेड र पोस्पेड दुवै सेवामा फोन गर्ने र फोन प्राप्त गर्ने दुबै तर्फको सेवामा विघटन भएको हो।
नेपाल टेलिकमका प्रवक्ता, हरि ढकालका अनुसार, केहि समयदेखि सेवा प्रभावित भएको भए पनि अब समस्या समाधान भइसकेको जानकारी दिइएको छ। उनले भने, "समस्या पहिचान गरिएको थियो र अब सबै सेवा सामान्य भएको छ।"
समस्या सुरु हुने समय बिहान ११ बजेको थियो, र त्यसपछि फोन र इन्टरनेट दुवै सेवामा अवरोध आएको थियो। नेपाल टेलिकमका प्रयोगकर्ताहरूले केही घण्टासम्म फोन गर्न र प्राप्त गर्न समस्या भोगेका थिए।
नेपाल टेलिकमको नेटवर्कमा आएको यस समस्यापछि प्रयोगकर्ताहरूको सुविधामा बाधा पर्न गएको भएता पनि कम्पनीले अब सबै सेवामा सुधार भएको जनाएको छ