अनाथ बालबालिकालाई विद्यालय पोशाक वितरण कार्यक्रम

प्लान ईन्टरनेशनल नेपाल र ह्याण्डस नेपाल सिन्धुलीको साझेदारीमा सञ्चालित जिएसएस परियोजनाले कमलामाई न पा वडा न ५  स्थित कमला जनज्योति माध्यमिक विद्यालयमा अध्यनरत ३४ अनाथ बालबालिकालाई विद्यालय पोसाक स्वरुप सर्ट पाईन्ट र ट्रयाकसुट सेट वितरण गरेको हो । विद्यालय पोसाक एक कार्यक्रमका विच कमलामाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र कुमार पोखरेलले बालबालिकालाई वितरण गर्नुभएको हो । 


कार्यक्रममा नगरपालिकाका प्रमुख उपेन्द्र कुमार पोखरेलले ‘केही नभएका र कोही नभएका बालबालिकालाई सहयोग गर्नु हामी सबैको दायित्व पनि हो’ उहाँले भन्नुभयो, ‘विभिन्न संघ–संस्थासँगको सहकार्यमा ह्याण्डस नेपाल सिन्धुलीले गरेको सहयोगले अनाथ बालबालिकालाई ठूलो सहयोग पुगेको छ ।


पोसाक हस्तान्तरण कार्यक्रममा बोल्दै नगरप्रमुख पोखरेलले केही नभएका र कोही नभएका अनाथ बालबालिका शिक्षा आर्जनबाट बन्चित हुँन नपरोस भन्ने उदेश्यले  कमलामाई नगरक्षेत्र भित्रका सम्पुर्ण अनाथ बालबालिकालाई आवास सहितको सम्पुर्ण अध्यन खर्च नगरपालिकाले सहयोग गरिरहेको बताउनुभयो भने 

अनाथ बालकालिकालाई स्वास्थ्य बिमाको लागी नगरपालिकाले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै आवस्यक प्रक्रिया अनुसार विवरण संकलन गरि नगरपालिका संग समन्वय गर्न विधालयलाई पोखरेलले आग्रह समेत गर्नुभयो ।


प्रतिक्रिया