सुनसरी । सुनसरीको रामधुनी–२ मा दुई महिनाअघि सिटी सफारी चालक दिनेशकुमार चौधरीको हत्या स्थानीयकै योजनामा भएको प्रहरीले पुष्टि गरेको छ। घोर आपराधिक योजनाअन्तर्गत ६ लाख रुपैयाँ सुपारी दिएर बाहिरी व्यक्तिमार्फत चौधरीको गोली प्रहार गरी हत्या गरिएको खुलासा भएको हो।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार हत्या योजनामा स्थानीय दाजुभाइ राजकिशोर साह (४३) र नन्दकिशोर साह (४०) प्रत्यक्ष संलग्न रहेका छन्। उनीहरूले चौधरी तान्त्रिक भएको, तन्त्र–मन्त्र गरेर परिवारका सदस्यबीच बिरामी तथा समस्या सिर्जना गरेको आरोप लगाउँदै हत्या गराएको प्रहरी उपरीक्षक केशव कुमार थेवाले जानकारी दिए।
प्रहरीले अनुसन्धानबाट साह दाजुभाइले ६ लाख रुपैयाँमा सुपारी दिएर मान्छे बोलाई चौधरीमाथि गोली हान्न लगाएको विवरणको पुष्टि गरेको छ।
प्रहरीको तथ्यांक अनुसार हत्यामा संलग्नको रूपमा पक्राउ परेकामा—
-
राजकिशोर साह (४३), नन्दकिशोर साह (४०), झुम्का–सुनसरी
-
अंकित साह (२८) र प्रिन्सकुमार दास, राजविराज–सप्तरी
-
मोहमद इव्रान मिया (३४), भोक्राहा–सुनसरी
-
गियास मन्सुरी (३७) र मिथलेस यादव (२५), देवानगंज–सुनसरी
प्रहरीले पक्राउ परेका ७ जनाको हकमा सुनसरी जिल्ला अदालतबाट म्याद थप लिएर विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ।
घटना गत असोज २५ गते साँझ रामधुनी नगरपालिका–२ अन्तर्गत शिननगर–झुम्का जाने नहरको आन्तरिक सडकमा भएको थियो। सिटी सफारी चालक दिनेश चौधरीमाथि नजिकैबाट गोली प्रहार गरिएकामा घटनास्थलमै उनको मृत्यु भएको थियो।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सन्चारकर्मी सुर्य राय