प्रहरी नायव महानिरीक्षक गणेश चन्दलाई धनगढी उपमहानगरपालिकाद्वारा स्वागत

धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरीका प्रहरी नायव महानिरीक्षक (डिआइजी) गणेश चन्दलाई धनगढी उपमहानगरपालिकाले विशेष कार्यक्रमको आयोजना गरी स्वागत गरेको छ। कार्यक्रममा डिआइजी चन्दलाई कार्यकालको सफलताको शुभकामना व्यक्त गरियो।

धनगढी उपमहानगरपालिकाका जनप्रतिनिधि, स्थानीय अधिकारी, तथा अन्य विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको कार्यक्रममा डिआइजी चन्दको जिम्मेवारीप्रतिको प्रतिबद्धता र सुदूरपश्चिममा शान्ति सुरक्षा कायम गर्न आवश्यक पहलहरूबारे चर्चा गरिएको थियो।

डिआइजी चन्दले कार्यक्रमलाई सम्बोधन गर्दै सुदूरपश्चिम प्रदेशको सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउने, अपराध नियन्त्रणमा कडा कदम चाल्ने र जनतासँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

धनगढी उपमहानगरपालिकाले प्रदेश प्रहरीको नेतृत्वले क्षेत्रको सुरक्षा व्यवस्थामा सुधार ल्याउने विश्वास व्यक्त गरेको छ। कार्यक्रममा स्थानीय निकाय र सुरक्षाकर्मीबीच समन्वयको महत्त्व पनि उल्लेख गरियो।

सुदूरपश्चिममा प्रहरी प्रशासनको नेतृत्व गर्न आएका डिआइजी चन्दको कार्यकालबाट प्रदेशवासीले शान्ति सुरक्षा र स्थायित्वका लागि ठोस पहलको अपेक्षा गरेका छन्।

प्रतिक्रिया