थारू कल्याणकारिणी सभाको २३औं महाधिवेशनमा प्रतिनिधि सभा सदस्य मा. अशोक कुमार चौधरीको उपस्थिति

रूपन्देही, भैरहवा – थारू समुदायको सामाजिक, सांस्कृतिक, र आर्थिक उत्थानका लागि समर्पित थारू कल्याणकारिणी सभाको २३औं महाधिवेशन भैरहवामा सम्पन्न भएको छ। महाधिवेशनमा देशभरका थारू समुदायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो, जसमा विशेष अतिथिका रूपमा प्रतिनिधि सभा सदस्य अशोक कुमार चौधरीले पनि सहभागिता जनाएका थिए।




कार्यक्रमलाई सम्बोधन गर्दै चौधरीले थारू समुदायको अधिकार, पहिचान, र विकासका लागि आफुले सँधै संसदमा आवाज उठाउँदै आएको र आगामी दिनमा पनि प्रतिबद्ध भएर काम गर्ने बताए। उनले थारू समुदायको भाषा, संस्कृति, र परम्पराको संरक्षणमा सबैलाई एकजुट भएर अघि बढ्न आग्रह गरे।


महाधिवेशनमा प्रस्तुत गरिएका थारू समुदायको शिक्षा, स्वास्थ्य, र आर्थिक समृद्धिका योजनाहरूलाई चौधरीले पूर्ण समर्थन गर्दै, सरकारले समुदायका समस्याहरूलाई सम्बोधन गर्न सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए। उनले भने, “थारू समुदायको समृद्धि नै देशको विकास हो। समुदायको हकअधिकार सुनिश्चित गर्न म संसदमा सधैं आवाज उठाउँछु।



महाधिवेशनको क्रममा चौधरीले थारू समुदायको ऐतिहासिक योगदान र परम्परागत मूल्यहरूको प्रशंसा गर्दै, समाजको विकासका लागि थप कदम चाल्नुपर्नेमा जोड दिए।


महाधिवेशनले थारू समुदायको हकहित सुनिश्चित गर्न र सामाजिक-आर्थिक उत्थानका लागि महत्त्वपूर्ण प्रस्तावहरू पारित गरेको छ।




रिपोर्ट: आमादर्शन न्युज, भैरहवा

सूचना स्रोत: प्रतिनिधि सभा सदस्य मां. अशोक कुमार चौधरी निजी सचिवालय

प्रतिक्रिया