काठमाडौं । आरआर क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन स्थगित भएको छ। अनेरास्ववियुले क्याम्पस प्रशासनले नक्कली परिचयपत्र जारी गरेको आरोप लगाउँदै मूल गेटमा तालाबन्दी गरेपछि निर्वाचन रोकिएको हो।
अनेरास्ववियुले क्याम्पस प्रशासन अनियमिततामा संलग्न भएको दाबी गर्दै तालाबन्दी गरेको हो। उनीहरूको भनाइ अनुसार, नक्कली परिचयपत्र वितरण गरेर निर्वाचन प्रक्रियामा धाँधली गर्न खोजिएको छ।
निर्वाचन स्थगित भएपछि नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले क्याम्पस प्रशासन र अनेरास्ववियु बिरुद्ध प्रदर्शन गरेको छ। उनीहरूले निर्वाचन अविलम्ब गराउन माग गरेका छन्।
क्याम्पस प्रशासनले भने समस्या समाधानका लागि सम्बन्धित विद्यार्थी संगठनहरूसँग छलफल गरिरहेको जनाएको छ। निर्वाचन कहिले संचालन हुने भन्ने विषयमा कुनै टुंगो लाग्न सकेको छैन।
४ चैत २०८१, मङ्गलबार ०१:४६ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
Admin