काठमाडौं, जेठ २७ —भिजिट भिषा प्रकरणमा मानव तस्कर जस्तो गम्भीर अपराधको छानबिन र समाधानको माग गर्दै संसदमा उठाइएको आवाजलाई 'राजनीतिक पूर्वाग्रह' भन्ने सत्ता पक्षको अभिव्यक्तिप्रति राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोक कुमार चौधरीले कडा प्रतिक्रिया जनाएका छन्।
सांसद चौधरीले मंगलबार सामाजिक सञ्जालमार्फत लेख्दै भनेका छन्, “मानव तस्कर जस्तो जघन्य अपराधको समाधान माग्दा संसद अवरोधलाई 'राजनीतिक पूर्वाग्रह' भन्नु भनेको — 'देश लुट्न पाउनुपर्छ' भन्ने सत्ताको घृणित स्वीकारोक्ति हो!”
उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत राष्ट्रिय अनुसन्धान ब्युरो (एनआइबी) प्रत्यक्षरूपमा सरकारको मातहतमा रहेको उल्लेख गर्दै मानव तस्करीको घटनामा प्रधानमन्त्री कार्यालय अनभिज्ञ रहन नसक्ने दाबी गरेका छन्।
चौधरीले थप लेखेका छन्, “अब त उच्च तहको संलग्नता नदेखिने होइन, झन् स्पष्ट हुँदै गएको छ।”
रास्वपाले हालै त्रिभुवन विमानस्थल हुँदै गैरकानुनी रूपमा मानव तस्करी भइरहेको भन्दै सरकारसँग जवाफ माग्दै आएको छ। संसदमा यस विषयमा गम्भीर छलफल र उच्चस्तरीय छानबिनको माग गरिँदै आएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता