२१६ मेगावाट क्षमताको बझाङ माथिल्लो सेती जलविद्युत आयोजना निर्माणका लागि वित्तीय व्यवस्थापन सम्पन्न


✍️ Aama Darshan News, काठमाडौं


सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लामा निर्माण हुने २१६ मेगावाट क्षमताको बझाङ माथिल्लो सेती जलविद्युत आयोजनाका लागि आवश्यक वित्तीय व्यवस्थापन सम्पन्न भएको छ।


उक्त आयोजना कुमारी बैंक लिमिटेडको अगुवाइमा १२ वटा अन्य बैंक तथा वित्तीय संस्थाहरुको सहवित्तीयकरण (syndicated loan) मार्फत अगाडि बढाइएको हो। आयोजनाका प्रवद्र्धक कम्पनी समृद्धि इनर्जी लिमिटेड र कुमारी बैंकबीच काठमाडौंमा आयोजित विशेष समारोहमा वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौतामा हस्ताक्षर गरिएको हो।


सम्झौतामा कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालसमृद्धि इनर्जीका अध्यक्ष शैलेन्द्र गुरागाईंले हस्ताक्षर गरेका हुन्।


🔎 आयोजनाको मुख्य तथ्यहरूः

कुल लागत: करिब ४१ अर्ब ६० करोड रुपैयाँ

वित्तीय संरचना: ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजी

उत्पादन क्षमता: २१६ मेगावाट (अर्ध-जलाशययुक्त नदी प्रवाह प्रणालीमा आधारित)

वार्षिक उत्पादन: १,२२९.६ गिगावाट घण्टा विद्युत

स्थान: बझाङको साइपाल गाउँपालिका–४ र ५

समाप्ति समयसीमा: ५ वर्षभित्र, २०८८ असार ३१ (जुलाई १५, २०२८) सम्ममा व्यावसायिक उत्पादन सुरु गर्ने लक्ष्य

वर्तमान अवस्था: नेपाल विद्युत प्राधिकरणसँग PPA सम्पन्न, विद्युत उत्पादन अनुमति प्राप्त


कुमारी बैंकले यसअघि पनि ६५ भन्दा बढी जलविद्युत र सौर्य परियोजनामा लगानी गरिसकेको छ। बैंकले हालसम्म ७० अर्ब रुपैयाँभन्दा बढीको लगानीमा करिब २,००० मेगावाटभन्दा बढी क्षमताका परियोजनाहरूको वित्तीय व्यवस्थापनमा योगदान पुर्‍याएको छ।


विशेषज्ञहरूका अनुसार, उक्त आयोजना सम्पन्न भएपछि सुदूरपश्चिम प्रदेशको आर्थिक विकासमा टेवा पुग्ने, स्थानीय स्तरमा रोजगारी सिर्जना हुने, र देशको ऊर्जा आत्मनिर्भरता कायम गर्न यसले महत्वपूर्ण भूमिका खेल्नेछ।


 अधिक जानकारीका लागि सम्पर्क:

Aama Darshan News Desk


प्रतिक्रिया