महान्यायाधिवक्ता निलम्बन प्रकरण : सुशीला कार्कीकोसंरक्षणमाथि प्रश्न


 

काठमाडौँ - १६–१७ वर्षका नाबालिकाहरूलाई बेहोस बनाएरडिम्ब बेचबिखनजस्तो जघन्य अपराधमा मुछिएकाहरूलाईउन्मुक्ति दिएको आरोप लागेका महान्यायाधिवक्तालाईट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले साधारण सदस्यबाटनिलम्बन गर्ने निर्णय गरेको छ।

 

यस्तो गम्भीर नैतिक र कानुनी प्रश्न उठिसक्दा पनि सुशीलाकार्कीले अझै ती व्यक्तिलाई संरक्षण गरेर राख्नुको कारणके हो ? भन्ने प्रश्न जेन्जी अगुवा रवि किरण हमाललेसार्वजनिक रूपमा उठाएका छन्।

 

यसअघि नै हमालले उक्त प्रकरणमा तत्कालमहान्यायाधिवक्तालाई बर्खास्त गर्न माग गरिसकेका थिए।उनका अनुसार मानवअधिकार, सुशासन र बाल संरक्षणकामुद्दामा दोहोरो मापदण्ड अपनाइएको आशंका बढ्दो छ।

 

उक्त घटनाक्रमले राज्यका उच्च निकायभित्रको जवाफदेहिता, नैतिकता र कानूनको शासनमाथि गम्भीर प्रश्न खडा गरेकोछ।

प्रतिक्रिया