कर्णाली प्रादेश ०२ ००१ ज ००५९ नम्बरको बोलेरो सोरु ६ कक्छेगाउँ नजिक रहेको चारमोड भन्ने ठाउँमा दुर्घटना भएको हो।सडकबाट करीब सय मिटर तल खसेको प्रहरील्े जनाएको छ। दुर्घटनामा चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु भएको र अन्य चार जना घाइते भएका जिल्ला प्रहरी कार्यालय, मुगुका प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए। अनुसार मृत्यु हुनेमा जीप चालक कविराज नेपाली र पहिचान नखुलेका एक जना महिला रहेकी छन्। घाइते हुनेमा मन्जने नेपाली, सर्जन नेपाली, हीरादिङ नेपाली र प्रेम नेपाली रहेका छन्। घाइते मन्जनेको अवस्था चिन्ताजनक रहेको थापाले बताए। घाइतेलाई उद्धार गरी उपचारार्थ मुगु जिल्ला अस्पतालतर्फ ल्याउन लागिएको उनले बताए।
१५ चैत २०८०, बिहिबार ०८:४३ मा प्रकाशित