काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ का च्याम्पियन खेलाडीलाई संयुक्त रूपमा ट्रफी प्रदान गरेका छन्।
शनिबार आयोजित विशेष समारोहमा दुई शीर्ष नेताहरूले प्रतियोगिताको सफल आयोजनाका लागि आयोजकलाई बधाई दिँदै खेलकुदले राष्ट्रिय पहिचान प्रवर्द्धन गर्ने र युवा प्रतिभालाई अन्तर्राष्ट्रिय स्तरमा अगाडि बढाउने मार्ग प्रशस्त गर्ने उल्लेख गरे।
कार्यक्रममा एनपीएलको सफलताका साथै खेलकुद क्षेत्रको दिगो विकास र पूर्वाधार विस्तारमा सरकारको प्रतिबद्धता पुनः दोहोर्याइएको थियो।
६ पुस २०८१, शनिवार ०८:३२ मा प्रकाशित