रवि लामिछानेलाई थुनामा पठाउने आदेश बदरको माग गर्दै दायर निवेदनमा सर्वोच्चमा सुनुवाइ जारी



काठमाडौं,।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालत तुल्सीपुर, बुटवल इजलासको आदेशविरुद्ध दायर गरिएको निवेदनमा सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ जारी छ। लामिछानेको तर्फबाट उनकी श्रीमती निकिता पौडेलले सो आदेश बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन दर्ता गरेकी हुन्।


उक्त निवेदनमा न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासमा सुनुवाइ तोकिएको छ। निवेदन गत शुक्रबार सर्वोच्चमा दर्ता गरिएको थियो भने आज त्यसको प्रारम्भिक सुनुवाइका लागि पेशी तय गरिएको हो।


कानुनी प्रावधानअनुसार पुनरावेदनको बाटो


मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७३ अनुसार थुनछेक, धरौटी वा जमानतप्रति असन्तुष्टि जनाउने पक्षले एक तह माथिको अदालतमा पुनरावेदन गर्न सक्ने प्रावधान छ। सोही आधारमा जिल्ला अदालत रूपन्देहीले दिएको एक करोड रुपैयाँ धरौटीमा रिहा गर्ने आदेशलाई बदर गर्दै उच्च अदालतले लामिछानेलाई पुनः थुनामा पठाएको थियो।


उच्च अदालतको उक्त आदेशअनुसार प्रहरीले लामिछानेलाई चैत २२ गते राति घरमै पुगे arrest गरेको थियो र हाल उनी जिल्ला कारागार रूपन्देहीमा थुनामा छन्।


सुप्रिम सहकारी प्रकरणमा मुछिएका लामिछाने


लामिछाने बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा मुछिएका हुन्। प्रारम्भिक तहमा जिल्ला अदालतले उनलाई धरौटीमा रिहा गरे पनि उच्च अदालतले त्यसलाई बदर गर्दै उनलाई पुनः कारागार चलान गर्न आदेश दिएको थियो। अहिले उक्त आदेशविरुद्ध सर्वोच्चमा दायर निवेदनको सुनुवाइ चलिरहेको छ।


Aama Darshan News

– सत्यको खोजीमा, जनताको पक्षमा

प्रतिक्रिया