मुस्ताङ रोजेका १०स्थायी शिक्षकलाई पद तथा गोपनीयताको शपथ

जोमसोम—शिक्षा सेवा आयोगको परीक्षा उर्तिर्ण गरी छनौट भएका मध्ये मुस्ताङले १० जना स्थायी माध्यमिक तहको शिक्षक पाएको छ । मंगलबार मुस्ताङकोे तीन स्थानीय तहका विद्यालयमा पढाउँने स्थायी शिक्षकहरुलाई शिक्षा विकास तथा समन्वय ईकाई मुस्ताङले जिम्मेवारी सुम्पिएको छ । । 

आयोगलले खुल्ला प्रतियोगितात्मक लिखित तथा अन्तरर्वार्ता परीक्षा पास गरी छनौट भएका मध्ये मुस्ताङ कार्यक्षेत्र रोजेका १० जना शिक्षकले स्थायी नियुक्ती  पाएका हुन् ।

यसअघि मुस्ताङमा करार सेवामा कुल १३ जना मावि शिक्षक रहेकोमा १० जना मावि तहमा विभिन्न विषयहरुको स्थायी शिक्षक नियुक्ती भएको हो । योसंगै अब ३ जना मात्र करार सेवाको शिक्षक बाँकी रहनेछ । आयोगको परीक्षा पास गरी कार्यक्षेत्र रोजेका १० शिक्षक मध्ये ७ जना थासाङ गाउँपालिकामा,१ जना घरपझोङ गाउँपालिकामा र २ जना स्थायी शिक्षक लोमान्थाङ गाउँपालिकामा परेको शिक्षा विकास तथा समन्वय ईकाई मुस्ताङका सूचना अधिकारी चन्द्रसिंह विकले जानकारी दिए ।

थासाङ गाउँपालिकाले पाएको ७ शिक्षकलाई ज्ञानोदय मावि लेत,जनआदर्श मावि कोवाङ र योगेन्द्र मावि टुकुचेमा खटाईने छ । घरपझोङले पाएको १ शिक्षकलाई जनवाल मावि मार्फा र लोमान्थाङ गाउँपालिकाले पाएको २ शिक्षकलाई दिव्यदीप मावि छोसेरमा खटाईएको शिक्षा विकास तथा समन्वय ईकाई मुस्ताङका सूचना अधिकारी विकले उल्लेख गरे ।

 शिक्षा सेवा आयोगको परीक्षा उर्तिर्ण गरी आएका शिक्षकहरुलाई शिक्षा विकास तथा समन्वय ईकाई मुस्ताङका कार्यालय प्रमुख रामेश्वर लामिछानेले स्थायी शिक्षकको नियूक्ती पत्र हस्तान्तरण गरी स्वागत गरे । सो अवसरमा कार्यालय प्रमुख लामिछानेले मुस्ताङका ३ वटै तहका विद्यालयमा कार्यरत रहने शिक्षक तथा शिक्षिकाहरुलाई पद तथा गोपनियताका शपथ ग्रहण गराईएको सूचना अधिकारी विकले बताए ।

आयोगद्धारा खटाईन लागिएका शिक्षक÷शिक्षिकाहरुलाई कार्यालय प्रमुख लामिछाने,शिक्षक महासंघ मुस्ताङका अध्यक्ष राजुप्रसाद श्रेष्ठ लगायतले स्वागत गरेका थिए । कार्यालय प्रमुख लामिछानेले स्थायी शिक्षक नियूक्तीसंगै उत्साहका साथ मुस्ताङको शैक्षिक विकासमा लाग्न शुभ—कामना व्यक्त गरे । शिक्षक महासंघ मुस्ताङका अध्यक्ष राजुप्रसाद श्रेष्ठले युवापुस्ताका नयाँ शिक्षकहरुबाट यहाँको शैक्षिक विकासमा ठुलो योगदान पुग्ने अपेक्षा व्यक्त गरे ।

कार्यक्रममा योगेन्द्र माध्यमिक विद्यालयका प्रअ गोबिन्द श्रेष्ठ र ज्ञानोदय मावि लेतेका प्रअ अनन्तराज आचार्य लगायतको उपस्थिती रहेको थियो ।


प्रतिक्रिया