काठमाडौंको भृकुटीमण्डपमा शनिबार पृथ्वीनारायण शाहको ३०३औं जन्मजयन्ती र राष्ट्रिय एकता दिवसको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भव्य चियापान कार्यक्रम आयोजना गर्यो।
उक्त कार्यक्रममा प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसहित विभिन्न दलका नेता, कार्यकर्ता, र विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र अन्य नेताहरूले प्रधानमन्त्री ओलीलाई विशेष सम्मानसहित स्वागत गरेका थिए।
कार्यक्रमको सांस्कृतिक पक्षलाई थप आकर्षक बनाउन चर्चित गायक रामकृष्ण ढकालले आफ्नो प्रस्तुति दिएका थिए। साथै, विविध नृत्य प्रस्तुतिले दर्शकलाई मन्त्रमुग्ध बनायो।
राष्ट्रिय एकता र पृथ्वीनारायण शाहको योगदानलाई स्मरण गर्दै आयोजित यो कार्यक्रमले राजनीतिक र सामाजिक क्षेत्रमा एकताको सन्देश प्रवाह गरेको आयोजकले बताएका छन्।
२७ पुस २०८१, शनिवार ०६:१८ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सन्चारकर्मी सुर्य राय