काठमाडौं, – सत्तारूढ दल नेपाली कांग्रेसका शीर्ष नेताहरू सिंहदरबारमा आयोजित बैठकमा जुटेका छन्। पार्टी सभापति शेरबहादुर देउवाले बैठकको प्रारम्भमा ब्रिफिङ गरिरहेका छन्। बैठकमा सरकारका सहभागी मन्त्रीहरूसमेत उपस्थित छन्।
यस बैठकको मुख्य उद्देश्य आगामी माघ १८ गतेबाट सुरु हुने संसदको हिउँदे अधिवेशनका लागि पार्टीको रणनीति तय गर्नु हो। देउवाले यस अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्नका लागि लगातार बैठकहरू बोलाइरहेका छन्।
पार्टी सभापति देउवाले भोलि संसदीय दलको बैठक बोलाउने तयारी गरेका छन्, जसमा संसदीय कार्य र आगामी राजनीतिक योजना निर्धारण गरिनेछ। यस बैठकमा नेपाली कांग्रेसका सांसदहरू, मन्त्रीहरू र पार्टीका अन्य उच्च अधिकारीहरूको उपस्थिती रहनेछ।
कांग्रेसको यस बैठकले आगामी संसद अधिवेशनका लागि प्रमुख निर्णयहरू तय गर्न र पार्टीको रणनीतिक दृष्टिकोण प्रस्तुत गर्न महत्वपूर्ण भूमिका खेल्नेछ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता