निर्वाचन आयोगद्वारा गगनकुमार थापालाई नेपाली कांग्रेसको आधिकारिक सभापतिको मान्यता


निर्वाचन आयोगले गगनकुमार थापालाई नेपाली कांग्रेसको आधिकारिक सभापतिका रूपमा मान्यता दिएको छ। राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५१ अनुसार दलको विवरण अद्यावधिक गर्दै आयोगले थापा नेतृत्वको पक्षलाई औपचारिक मान्यता दिने निर्णय गरेको हो।

स्रोतका अनुसार विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापाको नेतृत्वमा गठित कार्यसमितिलाई मान्यता दिँदै आयोगले आवश्यक प्रक्रिया पूरा गरेको जनाएको छ।

यसअघि बिहीबार थापासहित नवनिर्वाचित पदाधिकारीहरू राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५१ बमोजिम दलको विवरण अद्यावधिक गर्न माग गर्दै निर्वाचन आयोग पुगेका थिए। आयोगले सोही अनुरूप विवरण अद्यावधिक गर्दै मान्यता प्रदान गरेको हो।

प्रतिक्रिया