काठमाडौं, – काठमाडौं महानगरपालिकाका विद्यालय प्रधानाध्यापकहरुसँग एक विशेष बैठक सम्पन्न भएको छ। बैठकमा विद्यालयको शैक्षिक गुणस्तर सुधार, शिक्षकहरूको क्षमता अभिवृद्धि, सूचना प्रविधिको प्रयोग, बालबालिकाको सर्वाङ्गीण विकास, र प्रारम्भिक बाल शिक्षा (ECD) केन्द्रहरूको स्तरोन्नति लगायतका विषयमा छलफल भएको थियो।
बैठकमा विद्यालय व्यवस्थापन र शैक्षिक प्रणालीमा देखिएका प्रगतिहरूको समीक्षा गर्दै आगामी दिनमा अझ उत्कृष्ट नतिजा हासिल गर्ने विश्वास व्यक्त गरिएको छ। महानगरपालिकाका प्रतिनिधिहरूले विद्यालयहरूको व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन आवश्यक नीति तथा कार्यक्रमहरू लागू गरिने बताएका छन्।
शिक्षा क्षेत्रको सुधारका लागि सबै सरोकारवालाहरूको सहकार्य अपरिहार्य रहेको भन्दै बैठकमा सहभागी प्रधानाध्यापकहरूले आफ्नो विद्यालयमा आधुनिक प्रविधिको प्रयोग, सिकाइ विधिमा नवीनता, र विद्यार्थी केन्द्रित शिक्षण विधिहरू लागू गर्ने प्रतिबद्धता व्यक्त गरे।
बैठक अत्यन्तै फलदायी भएको भन्दै सबै प्रधानाध्यापकहरूलाई धन्यवाद दिँदै, आगामी दिनमा समेत यस्ता बैठकहरूलाई निरन्तरता दिने कुरामा सरोकारवालाहरू सकारात्मक देखिएका छन्।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता