जेनजि आन्दोलनमा चर्चित जुत्ता दैलेखका प्रकाश बोहराको भएको खुलासा

काठमाडौं । जेनजि आन्दोलनका क्रममा चर्चामा आएको जुत्ता दैलेख घर भएका प्रकाश बोहराको भएको खुलेको छ । उनले उक्त जुत्ता रुसी सेनामा भर्ती भएर कमाएको पैसाबाट किनेका थिए ।

आन्दोलनको दिन प्रहरीको गोली लागेर घाइते भएका प्रकाश हाल १७ दिनदेखि त्रिवि शिक्षण अस्पतालको ट्रमा सेन्टरमा उपचाररत छन् । चिकित्सकका अनुसार उनको अझै थप अपरेशन गर्न बाँकी छ ।

घाइते अवस्थामै उनले भावुक हुँदै भने, “मलाई देशको साह्रै चिन्ता लाग्छ । आफू जस्तोसुकै भए पनि देश बने हुन्थ्यो ।”

प्रतिक्रिया