रास्वपाका नेता अशोक चौधरीको सुनसरी–३ बाट उम्मेदवारी दर्ता

 काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता अशोक चौधरीले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् । उनले सुनसरी निर्वाचन क्षेत्र नं. ३ बाट उम्मेदवारी दर्ता गरेका हुन् ।

चौधरी निवर्तमान सांसद् हुन् । विघटित प्रतिनिधिसभामा उनी समानुपातिक निर्वाचन प्रणालीतर्फबाट सांसद् चयन भएका थिए ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज देशभर उम्मेदवारहरूको मनोनयन दर्ता प्रक्रिया जारी छ । २७५ सदस्यीय प्रतिनिधिसभामध्ये ११० जना समानुपातिक निर्वाचन प्रणालीमार्फत र १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत निर्वाचित हुने व्यवस्था छ ।

समानुपातिकतर्फको उम्मेदवार मनोनयन प्रक्रिया गत पुस १३ र १४ गते सम्पन्न भइसकेको छ भने प्रत्यक्षतर्फको मनोनयन आज भइरहेको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया