काठमाडौं, । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा निर्वाचन आयोगले आवश्यक तयारीलाई तीव्र पारेको छ। राजनीतिक दलहरूले पनि चुनावलाई केन्द्रमा राखेर आन्तरिक तयारी गति दिएको छन्।
आयोगले आज (मंसिर २१) बिहान १० बजेबाट अपराह्न ४ बजेसम्म समानुपातिक निर्वाचन प्रणालीतर्फका दलहरूको आवेदन लिन सुरु गर्दैछ। आवेदन दर्ता गराएका दलहरूको सूची आगामी मंसिर २४ मा प्रकाशन हुने कार्यक्रम रहेको छ।
समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची पेस गर्ने समय पुस १३ र १४ गते बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म तय भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। बन्दसूचीको अन्तिम प्रकाशन माघ ३० मा हुनेछ।
प्रत्यक्षतर्फका लागि माघ ६ गते उम्मेदवारको मनोनयनपत्र दर्ता गरिनेछ भने सोही दिन प्रारम्भिक सूची सार्वजनिक हुनेछ। माघ ७ गतेसम्म मनोनयनविरुद्ध उजुरी दिन सकिनेछ।
माघ ८ गते उम्मेदवारको नामावली प्रकाशन हुनेछ। माघ ९ गते नाम फिर्ता लिन सकिने र सोही दिन अन्तिम सूची प्रकाशन गर्दै उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिने कार्यक्रम छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
राजनीति पोस्ट / आमा दर्शन समाचार