काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्बाट देशवासीलाई सम्बोधन गर्ने भएका छन् । उनले आगामी साउन ६ गते आइतबार बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीको हैसियतमा देशवासीका नाममा सम्बोधन गर्न लागेका हुन् । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीले संसदमा साउन ६ गते सम्बोधन गर्न लागेको पुष्टि गरे ।
‘साउन ६ गते प्रधानमन्त्रीज्यूले संसदबाट देशवासीलाई सम्बोधन गर्ने तयारी गर्नुभएको छ’, उनले भने, ‘फेरिएको राजनीतिक परिस्थिति र मुलुकको यथार्थबारे संसदबाट जानकारी दिने तयारी छ ।’
३२ असार २०८१, सोमबार ०८:३५ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता