एमाले सचिवालय बैठक आज दिउँसो १ बजे बस्दै, महाधिवेशन तयारीबारे महत्वपूर्ण छलफल

काठमाडौँ । नेकपा (एमाले)ले आज दिउँसो १ बजे सचिवालय बैठक बस्दै छ। बैठक पार्टी कार्यालय च्यासलमा बस्ने नेकपा (एमाले) प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभएको छ।

बैठकमा आउँदो ११औँ राष्ट्रिय महाधिवेशनका सन्दर्भमा महाधिवेशन प्रतिनिधि मनोनीत गर्ने कार्ययोजना, प्रस्ताव तथा तयारीसम्बन्धी महत्वपूर्ण एजेण्डामा छलफल हुने बताइएको छ।

एमालेको ११औँ राष्ट्रिय महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुन लागेको छ। महाधिवेशनलाई सफल बनाउन आवश्यक व्यवस्थापन, राजनीतिक प्रतिवेदन तथा आयोजनात्मक तयारीका विषय बैठकमा केन्द्रीत रहने अनुमान गरिएको छ।

आमा दर्शन न्यूज डेस्क

प्रतिक्रिया