जोमसोम—मुस्ताङको थासाङ गाउँपालिका—२ कोवाङमा शुक्रबारदेखि जिल्ला स्तरीय नवौं राष्ट्रपति रनिङशील्ड प्रतियोगिता सुरु भएको छ ।जिल्ला खेलकुद विकास समिति मुस्ताङको आयोजना तथा जनआदर्श अमरसिंह माध्यमिक विद्यालयको समन्वयमा प्रतियोगिता आयोजना गरिएको हो ।
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’उद्घोषसहित नवौं राष्ट्रपति रनिङशील्ड प्रतियोगिताको संघीय प्रतिनिधि सभा सदस्य योगेश गौचन थकालीले एक समारोहकाबीच उद्घाटन गरे ।सांसद थकालीले प्रतियोगिता सफलताका शभु—कामना व्यक्त गरे । कार्यक्रममा थाक खेलकुद तथा सांस्कृतिक विकास संघका अध्यक्ष कृष्णकुमार शेरचन ,जिल्ला खेलकुद विकास समितिका अध्यक्ष अजित थकाली र ज्ञानोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक अनन्तराज आर्चाय लगायतले शुभकामना दिएका थिए ।
मुस्ताङमा जारी प्रतियोगितामा २ स्थानीय तहका ६ वटा विद्यालयको सहभागिता रहेको जनाईएको छ ।जसमा थासाङ गाउँपालिकाबाट ज्ञानोदय माध्यामिक विद्यालय (लेत)े,जनआदर्श अमरसिंह माध्यमिक विद्यालय (कोवाङ),योगेन्द्र माध्यामिक विद्यालय (टुकुचे) र नालान्दा बुद्धिस स्कुल (टुकुचे)ले प्रतियोगितामा सहभागिता जनाएका छन् ।यसैगरी घरपझोङ गाउँपालिकाबाट जनवाल माध्यमिक विद्यालय (मार्फा) र जनहित माध्यमिक विद्यालय(जोमसोम)ले भाग लिएको बताईएको छ ।
रनिङशील्ड प्रतियोगिता अन्तरगत छात्र÷छात्रा भलिबल,सय,दुई सय,चार सय,आठ सय र पन्ध्रसय मिटर दौड (छात्र÷छात्रा) र दुई सय,चार सय र आठ सय मिटर (छात्र÷छात्रा) रिले दौड प्रतियोगिता समावेश गरिएको जिल्ला खेलकुद विकास समितिका सचिव सुमन थकालीले जानकारी दिए ।
यसैगरी राष्ट्रपति रनिङशील्डमा प्रतियोगितामा हाईजम्प (छात्रा÷छात्रा),लङजम्प (छात्रा÷छात्रा),सट्पुट (छात्र÷छात्रा),कबड्डी (छात्र÷छात्रा) र भाला (ज्याभलिङ थ्रो) छात्र÷छात्रा खेल समावेश गरिएको समितिका सचिव थकालीले बताए ।
प्रतियोगिताको पहिलोदिन छात्र÷छात्रा तर्फको भलिबलको समुह चरणका खेलहरु सकिएका छन् । यस्तै, पन्ध्र सय मिटर छात्र÷छात्रा दौड प्रतियोगिता आजै सम्पन्न भएको छ ।
उपल्लो मुस्ताङको दिव्यदीप माध्यामिक विद्यालय छोसेर चिसोका कारण घुम्ती कक्षा संञ्चालन गर्न पोखरा झरेको र कागबेनीको जनशान्ति माध्यमिक विद्यालय गत श्रावण २८ गतेको बाढीले विद्यालय बन्द भएको र सोबेलाको पठन÷पाठन पूर्ती गर्नुपर्ने भएकाले राष्ट्रपति रनिङशील्डमा सहभागिता जनाउन नसकेको बताईएको छ ।
मुस्ताङमा जारी राष्ट्रपति रनिङशील्डमा उत्कृष्ठ खेल प्रर्दशन गर्ने विद्यार्थी खेलाडीहरुलाई निकट भविष्यमा पोखरामा आयोजना हुने प्रदेश स्तरीय खेल प्रतियोगितामा सहभागि गराईने जिल्ला खेलकुद विकास समितिले उल्लेख गरेको छ ।