सिन्धुली उद्योग वाणिज्य संघ र बागलुङ उद्योग वाणिज्य संघबीच स्वागत तथा छलफल कार्यक्रम सम्पन्न

सिन्धुली, – सिन्धुली उद्योग वाणिज्य संघको आयोजनामा मंगलबारको दिन बागलुङ उद्योग वाणिज्य संघसँग संयुक्त रूपमा स्वागत भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। सिन्धुली उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष श्री विरवल चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष श्री नरेश कँडेल प्रमुख अतिथिको रूपमा उपस्थित थिए।

उक्त कार्यक्रमको मुख्य उद्देश्य जिल्ला/नगर उद्योग वाणिज्य संघ, महासंघका साथै कोसेली घर अध्ययन अवलोकन भ्रमणमा सहभागी बागलुङका विशिष्ट अतिथिहरु, पदाधिकारी, र सदस्यहरुबीच अनुभव आदान-प्रदान र छलफल गर्नु रहेको थियो। 


उद्योग वाणिज्य संघका नेताहरुले दुवै जिल्लाका उद्योगहरूको प्रवर्द्धन, व्यापारिक सहकार्य, र क्षेत्रीय व्यापारिक अवसरहरूको बारेमा विस्तृत छलफल गरेका थिए। कार्यक्रमले दुवै संघबीच सुमधुर सम्बन्ध र भविष्यमा हुने सहकार्यको मार्ग प्रसस्त गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया