प्रधानमन्त्री सुशीला कार्की र जेनजी आन्दोलनका प्रतिनिधिबीच सम्झौता मस्यौदाको अन्तिम रूपबारे छलफल

काठमाडौं — प्रधानमन्त्री सुशीला कार्की र जेनजी आन्दोलनका अगुवाबीच प्रस्तावित सम्झौता मस्यौदालाई अन्तिम रूप दिने विषयमा आज महत्वपूर्ण छलफल सम्पन्न भएको छ। बैठकमा जेनजी पक्षले सम्झौतामा चाँडो सहमति जुटाई हस्ताक्षर प्रक्रियामा अघि बढ्न सरकारलाई आग्रह गरेको थियो।


छलफलका क्रममा प्रधानमन्त्री कार्कीले सम्झौता राजनीतिक प्रकृतिको दस्तावेज भएकाले यसका कारण उत्पन्न हुन सक्ने जिम्मेवारी सरकारले लिन तयार रहेको स्पष्ट गरिन्। उनले भनिन्, “हस्ताक्षर गरेकै कारण केही व्यहोर्नुपरे म बेहोरौँला। मेरो सिंगो मन्त्रिपरिषद्ले त्यसको जिम्मेवारी लिन्छ। यो राजनीतिक दस्तावेज हो, कर्मचारी प्रशासकहरूले चिन्ता लिनु पर्दैन।”


प्रधानमन्त्रीले सम्बन्धित अधिकारीहरूलाई प्रक्रिया चाँडो निष्कर्षमा पुर्‍याउन आवश्यक निर्देशनसमेत दिएकी छन्। समग्र बैठक सकारात्मक रहेको र अन्तिम सहमतितर्फ दुवै पक्षको ध्यान केन्द्रित भएको बताइएको छ।

प्रतिक्रिया